Advertisement

छ वर्ष पछि एकसिङ्गे गैँडा गणना शुरु

0 714

Advertisement

०९ चैत, हेटौँडा । दुर्लभ हुँदै गएको वन्यजन्तु एकसिंगे गैँडाको नेपालमा सोमबारबाट गणना थालिएको छ । ६ बर्षपछि नेपालमा पुनः गैँडा गणना थालिएको हो ।

सोमबार बिहान चितवन राष्ट्रिय निकुन्जको पूर्वी क्षेत्रस्थित पर्सा राष्ट्रिय निकुन्ज अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिकास्थित रमौली–प्रतापपुरमा पुगेर वन तथा वातावरणमन्त्री प्रेम आलेले हात्तीमा चढेर सिठी फुक्दै गैँडा गणना सुरु भएको घोषणा गर्नुभयो ।

उहाँले लोप हुँदै गएको एक सिंगे गैँडाको संरक्षणका लागि सरकार र संरक्षणमा लागेका संघसंस्थाले ध्यान दिइरहेको बताउनुभयो । प्राकृतिक प्रकोपजन्य घटनाबाट पनि वन्यजन्तु मरिरहेको उल्लेख गर्दै उहाँले विगतमा पनि बाढीले बगाएको अवस्थामा भारत पुगेर गैँडा फिर्ता ल्याउनुपरेको घटना सम्झनुभयो । ‘सरकारले चोरी शिकारी निस्तेज पार्नेसँगै प्राकृतिक प्रकोपबाट वन्यजन्तुलाई जोगाउन हरढंगले प्रयत्न गरिरहेको’, मन्त्री आलेले भन्नुभयो ।

चितवन राष्ट्रिय निकुन्जसहित पर्सा राष्ट्रिय निकुन्ज, बर्दिया राष्ट्रिय निकुन्ज शुक्लाफाँटा राष्ट्रिय निकुन्जमा गैँडा गणना हुनेछ । सोमबारबाट सुरु भएको गणनाका लागि चितवन राष्ट्रिय निकुन्जलाई १९ वटा ब्लकमा विभाजन गरिएको छ । हरेक दिन एउटा ब्लकमा गैँडा गणना गरिने चितवन राष्ट्रिय निकुन्जले जानकारी दिएको छ । गैँडा बस्ने स्थान, उनीहरुको उमेर, शारीरिक अवस्था लगायतका विवरणहरु हात्तीमा सबार गणकहरुले संकलन गर्नेछन् । तीनसातामा चितवन राष्ट्रिय निकुन्जभरिकै गैँडा गणना गरेर सकिने अनुमान गरिएको छ ।

वन तथा वातावरणमन्त्री आलेले गैँडा गणना सुरु गर्नुभएको क्षेत्र मकवानपुरको रमौली प्रतापपुर पनि गैँडाको बासस्थलको रुपमा मानिन्छ । आइतबार मात्रै पनि संरक्षणकर्मीहरुले उक्त क्षेत्रको अनुगमन गर्दा तीन वटा गैँडा र एउटा बाघ फेला परेको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर तितुङले जानकारी दिनुभयो ।

वन्यजन्तु र प्राकृतिक प्रकोपका कारण रमौली–प्रतापपुरमा रहेका ३७३ घरपरिवारलाई राप्ती नदीबाट उत्तरतर्फ गोदाम जंगल फँडानी गरी बस्ती स्थानान्तरण गरिएपछि अहिले रमौली प्रतापपुर क्षेत्रमा निकुन्ज सुरक्षार्थ सेना मात्रै बस्दछ । हरेक दिनजसो गैँडा, बाघ, चित्तल, हरिण लगायत वन्यजन्तु बस्ती स्थानान्तरण गरिएपछिको रमौली–प्रतापपुरस्थि घाँसे मैदानमा देख्न सकिने भएकोले मनहरीलाई सौराहजस्तै आकर्षक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने सम्भावना रहेको अध्यक्ष तितुङले बताउनुभयो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.