Advertisement

नेपालकै बैंकले प्रिपेड डलर कार्ड दिने, अनलाइन भुक्तानी नेपालबाटै गर्न सकिने

0 811

Advertisement

०८ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालका बैंक तथा वित्तीय संस्थाले विदेशी परिवर्त्य मुद्रामा प्रिपेड कार्ड जारी गर्न सक्ने व्यवस्था गरेको छ ।

राष्ट्र बैंक विदेशी मुद्रा व्यवस्थापन विभागले अनलाइनमार्फत विदेशी वस्तु तथा सेवाको खरिदबापतको भुक्तानी गर्ने प्रयोजनाको लागि वाणिज्य बैंकहरु र राष्ट्रियस्तरका विकास बैंकहरुले परिवर्त्य विदेशी मुद्रामा प्रिपेड कार्ड जारी गर्न सक्ने व्यवस्था गरेको छ ।

वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंकहरुले परिवर्त्य विदेशी मुद्रामा ५०० डलरसम्मको प्रिपेड कार्ड जारी गर्न सक्ने व्यवस्था गरिएको राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बताए । परिवर्त्य विदेशी मुद्रामा प्रिपेड कार्ड लिन चाहने व्यक्ति, फर्म, कम्पनी वा संस्थाको बैंक खातामा रहेको नेपाली रुपैयाँलाई सटही गर्न प्रिपेड कार्ड जारी गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो ।

प्रयोगकर्ताले एक वर्षमा एकैपटक वा पटक–पटक गरी ५०० डलर वा सो बराबरको परिवर्त्य विदेशी मुद्रामा उक्त सटही सुविधा पाउनेछन् । नेपालको प्रचलित कानुनले प्रतिबन्ध नलगाएको वस्तु तथा सेवा कार्ड प्रयोगकर्ताले विदेशबाट अनलाइन खरिद गर्न सक्नेछन् । कार्ड प्रयोगकर्ताले विदेशमा सेवा निर्यात गरेबापत आर्जन गरेको विदेशी मुद्रा पनि कार्डमा नै जम्मा हुनुपर्ने हुन्छ

कार्डको मौज्दात रकम ५ हजार अमेरिकी डलर वा सोभन्दा बढी भएमा उक्त रकम निजको स्वदेशी वा विदेशी मुद्रा खातामा जम्मा गर्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।

राष्ट्र बैंको उक्त व्यवस्थाले सामाजिक सञ्जालमा गरिने विज्ञापनको भुक्तानी पनि अब वैधानिक च्यानलबाट नै गर्न सकिने भएको छ । राष्ट्र बैंकले यस्तो व्यवस्था नगर्दा विभिन्न वस्तु तथा सेवाको विदेशबाट अनलाइन आयात तथा सामाजिक सञ्जालमा गरिने विज्ञापनको भुक्तानीमा समस्या हुने गरेको गुनासो सरोकारवालाको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.