Advertisement

रेशम चौधरीको मुद्दा फिर्ता गरी मन्त्री बनाउने सम्मको तयारी

0 463

Advertisement

१३ चैत, काठमाडौँ ।  पाँच वर्षअघि टीकापुरमा दूधे बालकसहित सातजना प्रहरीहरुको विभत्स हत्या भएको घटनामा अदालतले दोषी ठहर्याएका जनता समाजवादी पार्टीका निलम्बित सांसद रेशम चौधरीको मुद्दा फिर्ताको प्रक्रिया अगाडि बढाइने भएको छ ।

गृहमन्त्री रामबहादुर थापा बादल हिजाे माइतीघर मण्डलामा रेशम चौधरीको रिहाईको माग गर्दै जारी धर्नामा पुगेर त्यस्तो संकेत गरिसकेका छन् ।

बादलले मागप्रति सरकार सकारात्मक भएको र तत्काल वार्ता कमिटी बनाउन भनेका छन् । सरकारले पनि वार्ता कमिटी बनाएर अगाडि बढ्ने तयारी गरेको छ । चौधरीको मुद्दा फिर्ता लिएर रिहाई गर्नेबारे प्रधानमन्त्री केपी शर्मा ओली पनि सकारात्मक भएका छन् । उनले जसपा नेतृत्वसँग पटक पटक यस विषयमा संवाद गरी प्रतिवद्धता जनाइसकेका छन् ।

रेशम चौधरीको मुद्दा फिर्ता गरेर रिहाई गरी मन्त्री बनाउनेसम्मको तयारी भएको बुझिएको छ । जसपाबाट सरकारलाई समर्थन प्राप्त भएमा १० भन्दा बढी मन्त्री बनाउन ओली तयार भएको विश्वस्त स्रोतले बताएको छ । त्यसका लागि पनि रेशम चौधरीको रिहाईबारे सरकारका सकारात्मक भएको छ । रिहाई मात्र नभई उनलाई नै मन्त्री बनाउनेमा समेत तयारी भइसकेको बुझिएको छ ।

७ भाद्र २०७२ मा टीकापुरमा थारुवान प्रदेशको माग गर्दै भएको आन्दोलनका क्रममा आन्दोलनकारीले ७ जना सुरक्षाकर्मीको विभत्स हत्या गरेका थिए । एकजना दुधे बालक समेत मारिएका थिए । घटनामा तत्कालीन सेती अञ्चल प्रहरी कार्यालयका एसएसपी लक्ष्मण न्यौपानेसहितको टोलीले आन्दोलनकारीलाई टीकापुरस्थित सरकारी कार्यालयमा थारुवान प्रदेशको बोर्ड टाँस्न खोज्दा रोकेको थियो । सोही क्रममा झडप हुँदा प्रहरीमाथि हिंसात्मक आक्रमण भएको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.