Advertisement

कोका–कोला र डोको रिसाइकलर्सले काठमाडौँमा ‘पीईटी कलेक्सन बिन’ राख्ने

0 518

Advertisement

११ चैत, काठमाडौं । विश्व रिसाइक्लिङ दिवसको अवसरमा कोका–कोला र डोको रिसाइकलर्सले काठमाडौँ उपत्यकामा १० सूचनामूलक पीईटी कलेक्सन बिन स्थापना गर्ने घोषणा गरेको छ । जुन कार्यको सुरुवात स्थानीय अधिकारीहरुको सहकार्यमा अगस्ट २०२० मा सुरु भएको थियो । ‘रिफ्रेस एन्ड रिसाइकल’ अभियान प्रयोग भइसकेका बोतलहरू संकलन गर्ने अभियान हो ।

यो अभियानले मानिसमा जागरुकता जगाउने र समुदायलाई प्रयोग भइसकेका बोतलहरूलाई प्रशोधन गरेपछि पुनः प्रयोगका लागि योग्य हुन्छन् भन्नेबारे शिक्षा दिने काम पनि गर्दछ । यसअघि प्रयोग भएका बोतलहरू राख्नका लागि स्वयम्भूनाथ स्तूपा, बौद्ध स्तूपा, पाटन अस्पताल, पाटन ढोका, पाटन दरबार स्क्वायर, त्रिभुवन विश्वविद्यालय र ललितपुर नगरपालिका सार्वजनिक पार्कजस्ता बाक्लो जनसंख्या भएका क्षेत्रमा राखिएको थियो ।

यी क्षेत्रमा यस्ता प्रयोग भइसकेका बोतलहरू प्रायः डिस्पोज गर्ने गरिन्छ । यस अभियानकै माध्यमबाट उपभोक्ताहरुलाई यी क्षेत्रहरूमा भएका बेला उनीहरूले प्रयोग गर्ने बोतललाई प्रयोगपछि पीईटी संकलन बिनमा राख्न प्रोत्साहित गरिनेछ । उपभोक्ताले डिस्पोजल गर्नुभन्दा अगाडि बोतल खाली र सफा छन्/छैनन्, कुल्चिएको छ/छैन भनी सुनिश्चित गर्नुपर्दछ । सार्वजनिक जागरुकताका लागि डिस्पोजलको उचित चरण र प्रयोग भइसकेका बोतलहरुको रिसाइकल प्रक्रियाबारे बोतल संकलन गर्न राखिएका बिनमा विभिन्न जानकारीसमेत लेखिएको छ ।

प्रयोग भइसकेका बोतलहरू पछि अन्य कामका लागि उपयोग गर्न सकिने भएकाले यसलाई फोहोरको रुपमा वर्गीकरण गरिएको छैन । पीईटी प्लास्टिक सुरक्षित, हल्का वजन, किफायती, पारदर्शी, आकारयोग्य र शत प्रतिशत पुनः प्रयोग गर्न सकिने हुन्छ । हरेक साता डोको रिसाइक्लरहरूद्वारा ती बिनबाट प्रयोग भइसकेका बोतलहरू संकलन गरिनेछ र यसलाई पुनः प्रयोगयोग्य बनाउनका लागि निश्चित स्थानमा पठाइनेछ । फोहोरजन्य सामग्रीहरूलाई प्रशोधन गरेर नयाँ बोतल, कन्टेनरहरू र विभिन्न कपडा, कार्पेट बनाउनसमेत सकिन्छ ।

हालसम्म डोको रिसाइक्लर्सले करिब दुई हजार पीईटी बोतलहरू संकलन गरिसकेको छ । २०१८ मा कोका–कोलाले २०३० सम्ममा सबै प्रयोग भइसकेका बोतलहरूलाई संकलन गर्दै त्यसलाई पुनः प्रयोगमा ल्याउने उद्देश्यका साथ ‘फोहोरविनाको विश्व’ अभियानको घोषणा गरिसकेको छ । त्यसकै समर्थनमा नेपालमा पनि कोका–कोलाले यस अभियानलाई सफल पार्न नगरमित्र, रिफ्रेस एन्ड रिसाइकलजस्ता विभिन्न अभियानहरू सञ्चालन गरिरहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.