Advertisement

१ करोड ६२ लाख मतदाताकाे नामावली सार्वजनिक

0 363

Advertisement

०५ चैत्र, काठमाडौँ । निर्वाचन आयोगले २०७७ पुस ५ गतेसम्म १८ वर्ष पूरा भई मतदाता नामावलीमा नाम दर्ता गराएका १ करोड ६२ लाख ४३ हजार १ सय १० मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ। आयोगले पुस ५ गतेसम्म मतदाता १८ वर्ष पूरा भई मतदाता नामावलीमा नाम लेखाएका नेपाली नागरिकहरूको नाम मतदाता नामावलीमा अद्यावधिक गरी बुधवार प्रकाशन गरेको हो।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटनगरी आगामी बैशाख १७ र २७ गते प्रतिनिधिसभाको मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन्। निर्वाचनको मिति घोषणा गरिएसँगै आयोगले मतदाता नामावली संकलन स्थगित गरेको थियो। पछि सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेसँगै तोकिएको निर्वाचन नहुने भएपनि आयोगले मतदाता नामावली अद्यावधिकको कामलाई भने अन्तिम रूप दिएको हो।

‘मतदाता नामावली ऐन २०७३ मा निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गरिनेछैन भन्ने व्यवस्था छ,’ प्रवक्ता श्रेष्ठले भने ‘अव हामीले मतदाता नामावली अद्यावधिकसमेत गरेका छौं।’ आयोगले अहिले अद्यावधिक भएको विवरणले भविष्यमा हुने निर्वाचनमा समेत सहज हुने बताए। यो खबर आजको नागरिक दैनिकमा छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.