जोर्डनमा सैन्य अभ्यासका क्रममा हेलिकप्टर दुर्घटना, पाँच सैनिक घाइते

०३ मंसिर, काठमाडाैँ । जोर्डनमा सैन्य अभ्यासका क्रममा ब्ल्याक हक हेलिकप्टर दुर्घटना हुँदा पाँच जना सैनिक घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जोर्डन सशस्त्र सेना (अरब आर्मी) ले बुधबार जनाएको छ।

जोर्डन सशस्त्र सेनाको कमान्डले जारी गरेको विज्ञप्तिअनुसार सैन्य तालिम अभ्यासका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो। दुर्घटनामा घाइते भएका पाँचै जनालाई उपचारका लागि क्विन आलिया सैनिक अस्पताल लगिएको छ। घाइतेमध्ये एक जनालाई गम्भीर चोट लागेको छ भने अन्य चार जनाको अवस्था सामान्य रहेको त्यहाँको सेनाले जनाएको छ।

सेनाको कमान्डले घाइते सैनिकहरूको स्वास्थ्य अवस्थाबारे निरन्तर जानकारी लिइरहेको र उनीहरूलाई आवश्यक उपचार तथा स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था गरिएको जनाएको छ।दुर्घटनाको कारणबारे भने विज्ञप्तिमा थप विवरण दिइएको छैन।

You May Also Like

More From Author

+ There are no comments

Add yours