२८ कात्तिक, काठमाडौँ । नेपाल टेलिकमले ३० एमबीपीएस क्षमताको एनटी फाइबर इन्टरनेट प्याकेज र मेस एपी अफरको अवधि थप गरेको छ।
कम्पनीले ग्राहकको मागलाई ध्यानमा राख्दै दुवै अफरको अवधि २०८३ पुस ३० गतेसम्म कायम गर्ने निर्णय गरेको विज्ञप्तिमार्फत् जनाएको हो। यसअघि मेस एपी अफर असोज ८ गतेदेखि र ३० एमबीपीएस एनटी फाइबर प्याकेज असोज ३० गतेदेखि सञ्चालनमा ल्याइएको थियो।
नेपाल टेलिकमका अनुसार ३० एमबीपीएस क्षमताको एनटी फाइबर इन्टरनेट प्याकेज वार्षिक ४ हजार ९९९ रुपैयाँमा उपलब्ध छ। त्यस्तै, घरका सबै स्थानमा वाइफाइ पहुँच पुर्याउन प्रयोग हुने मेस एपी ४० प्रतिशत छुटसहित २ हजार ९९९ रुपैयाँमा खरिद गर्न सकिन्छ।
यसैबीच, कम्पनीले दसैं–तिहार अफरअन्तर्गत नयाँ ग्राहकलाई उपलब्ध गराएको वाईफाई६ इन्डिभिजुअल प्याकेजमा ३ हजार रुपैयाँ छुटको समयसीमा भने कात्तिक ३० गतेसम्म मात्र राखेको छ।
उक्त छुट पाउन नयाँ जडानका लागि कात्तिक ३० गतेभित्रै डिमान्ड पोर्टलमा आवेदन दर्ता गराइसक्नुपर्नेछ। यसका लागि ग्राहकले नेपाल टेलिकमको १९८ नम्बरमा फोन गर्न, नेपाल टेलिकम एप प्रयोग गर्न वा कम्पनीको डिमान्ड पोर्टल मार्फत आवेदन दिन सक्नेछन्।


+ There are no comments
Add yours