२४ कार्तिक, लन्डन । बेलायती अभिनेता तथा हास्य कलाकार रसेल ब्रान्डलाई सोमबार लन्डनको साउथवार्क क्राउन अदालतले बलात्कार मुद्दामा १० वर्ष ६ महिनाको जेल सजाय सुनाएको छ। अदालतले उनलाई बलात्कारको एक र यौन दुर्व्यवहारका तीनवटा मुद्दामा दोषी ठहर गरेको हो।
गत बिहीबार सजाय सुनाउँदै न्यायाधीशले रसेल ब्रान्डलाई भने ‘लगातार झुट बोल्ने यौन सिकारी।’ एक पीडितले अदालतलाई भनिन्, ‘यो घटनापछि म स्तब्ध र अशान्त थिएँ। मेरो मनमा आफूप्रति कुनै सम्मान थिएन।’
अर्की पीडितले भनिन्, ‘रसेल ब्रान्ड एक यौन सिकारी हुन्, जसमा आफ्नो हर्कतप्रति कुनै पश्चाताप छैन।’अर्की महिलाले भनिन्, ‘मैलाई त्यो क्षण केही गर्न सक्दिनँ जस्तो लागेको थियो।’
२००९ मा रसेल ब्रान्डबाट बलात्कृत एक महिलाले अदालतमा आफू अझै आघात लिएर बाँचिरहेको बताइन्। अनि आफूलाई एचआईभी लागेको हुन सक्ने डर पनि लागेको सुनाइन्।सजाय घटाउन अपिल गर्दै रसेल ब्रान्डका वकिलले भने, ‘उनका क्लाइन्ट आज पूर्णतया फरक व्यक्ति हुन्।
रसेल ब्रान्डलाई २००४ मा लन्डनको एक बारमा एक महिलालाई यौन उत्पीडन गरेको मुद्दामा दोषी ठहर्याइएको थियो। रसेलले २००४ देखि २००९ सम्म चार महिलाविरुद्ध यौन अपराध गरेका थिए। पीडित सबै महिलालाई कानुनअन्तर्गत आजीवन गोप्य रहने अधिकार छ।


+ There are no comments
Add yours