एनपीएलमा आज दुई खेल हुँदै

२३ कात्तिक, काठमाडौँ। नेपाल प्रिमियर लिग अन्तर्गत आज दुई खेल हुँदैछन् ।

आज साढे १२ बजेदेखि शुरु हुने पहिलो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स भिड्दैछन् । जारी प्रतियोगितामा कर्णाली याक्सले ४ खेलमा २ जित र २ हारसहित ४ अंक हासिल गरेको छ भने पोखरा एभेन्जर्सले अहिलेसम्म खेलेका चारै खेलमा हार बेहोरेको छ ।

त्यस्तै आज साँझ ५ बजेदेखि हुने दोस्रो खेलमा चितवन राइनोज र काठमाडौं गोर्खाज आमने सामने हुँदैछन् । चितवनले अहिलेसम्म खेलका ४ खेलमा ५ अंक हासिल गर्दै चौथो स्थानमा छ भने काठमाडौंले ४ खेलमा ३ जित र एक हारसहित ६ अंक हासिल गरेर दोस्रो स्थानमा रहेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours