थली सांस्कृतिक तथा व्यापार महोत्सवमा कार्तिक २३ गते दुर्गेश थापाको लाइभ कन्सर्ट हुँदै


२१ कात्तिक, काठमाडौँ। दोस्रो थली सांस्कृतिक तथा व्यापार महोत्सव २०८३ मा चर्चित गायक तथा कलाकार दुर्गेश थापाको विशेष लाइभ कन्सर्ट आयोजना हुने भएको छ।

महोत्सवको आकर्षणका रूपमा आगामी कार्तिक २३ गते थली चौरमा दुर्गेश थापाको भव्य लाइभ सांगीतिक प्रस्तुति हुन लागेको हो।

महोत्सवमा दुर्गेश थापाको प्रस्तुति हेर्न तथा उनका चर्चित गीतहरूमा रमाउन दर्शक तथा संगीतप्रेमीहरूका लागि विशेष अवसर रहनेछ।

कार्तिक ९ गतेदेखि सुरु भएको दोस्रो थली सांस्कृतिक तथा व्यापार महोत्सवमा सांस्कृतिक कार्यक्रम, मनोरञ्जन तथा व्यापारिक गतिविधिहरू सञ्चालन भइरहेका छन्।

आयोजकले कार्तिक २३ गते हुने दुर्गेश थापाको लाइभ कन्सर्टमा सहभागी भई कार्यक्रमलाई भव्य र सफल बनाउन सम्पूर्ण स्थानीय बासिन्दा, युवा, दर्शक तथा संगीतप्रेमीहरूलाई हार्दिक निमन्त्रणा गरेको छ।

मिति: २०८३ कार्तिक २३ गते
स्थान: थली चौर, काठमाडौं
विशेष आकर्षण: दुर्गेश थापाको लाइभ कन्सर्ट

🎤 संगीत, मनोरञ्जन र रमाइलोको संगममा सहभागी बनौँ। सबै जना थली चौरमा भेटौँ!

You May Also Like

More From Author

+ There are no comments

Add yours