२० कार्तिक, काठमाडौँ । मिती २०८३ साल कार्तिक २१ गते शनिबार कार्तिककृष्णपक्ष त्रयोदशी तिथी बिहान १० / ४७ बजेसम्म त्यस उप्रान्त चतुर्दशी तिथी आरम्भ भएको हुनाले यो दिन धनवन्तरि जयन्ति हो।कश्यप पुत्र देवता र असुरहरु मिलेर समुद्र मथन गरेपछि अद्भुत पुरुष राम्रो ,श्याम बर्ण ,पराक्रमि अमृतको कलश लिनुभएको श्रीविष्णुको अंश प्रसिद्ध श्रीधनवन्तरिको प्रादुर्भाव भएको थियो।
पृथ्वी लोकमा धन्वन्तरीको अवतरण समुद्र मन्थनको समयमा भएको थियो।शरद पूर्णिमामा चन्द्रमा, कात्तिक द्वादशीमा कामधेनु गाई, त्रयोदशीमा धन्वन्तरी, चतुर्दशीमा कालीमाता र औंशीका दिन भगवती लक्ष्मीको समुद्रबाट प्रादुर्भाव भएको थियो।दीपावलीको दुई दिनपूर्व धनतेरसमा भगवान धन्वन्तरीको जन्म भएकाले यस दिनलाई धनत्रयोदशीको रुपमा पनि मनाइन्छ।यही दिन आयुर्वेदको पनि प्रादुर्भाव भएको थियो।

धन्वन्तरीका चार हात छन्।माथिको दुवै हातमा शंख र चक्र धारण गरेका छन् भने अन्य दुईमध्ये एक हातमा जलुका र औषधि तथा अर्को हातमा अमृत कलश लिएका छन्।धन्वन्तरीको प्रिय धातु पित्तल मानिन्छ।धन्वन्तरीलाई आरोग्यका देवता पनि भनिन्छ।
उहाले अमृतमय औषधिको खोजी गर्नु भएको थियो।
पृथ्वीमा आफ्नो अवतारको समयमा, उहाले काशी (वर्तमान वाराणशी)को राजाको रूपमा शासन गर्नु भएको थियो।धन्वन्तरिलाई काशीका राजा दिवोदासको पुर्खाको रूपमा पनि चिनिन्छ, विष्णु पुराण अनुसार आयुर्वेदमा शल्यक्रियाका पिताका रूपमा परिचित हुनु हुन्छ।
द्वापर युगमा काशीका राजा दीर्घतपसले पुत्र प्राप्तिका लागि चिकित्सक देवता (धन्वन्तरि) को आराधना गर्छन्।देवताले वरदान स्वरूप स्वयं इच्छित सन्तानका रूपमा अवतार लिन स्वीकार गर्नु हुन्छ ।धन्वन्तरि एक महान् राजाका रूपमा सिद्ध भएर उहालाई “सबै रोगका निवारक” भनी वर्णन गरिएको छ।उहालाई शारीरिक दुर्बलताबाट मुक्त र “विश्वव्यापी ज्ञानका स्वामी” का रूपमा चिनिन्छ।
जसले आयुर्वेद प्रवर्तक भइ सम्पूर्ण ज्ञान प्राप्त गरेर आज विश्वलाई जीवन जिउने कला सम्वन्धि ज्ञान दिनु भएको छ।
वहाँलाई नमन।
पं-बालमुकुन्द देबकोटा


+ There are no comments
Add yours