एनपीएलमा आज २ खेल हुँदै, वर्षा वाधक बन्न सक्ने

१४ कार्तिक, काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ । यो खेल दिउँसो साढे १२ बजे सुरु हुने तालिका छ ।

यस्तै, विराटनगर र सुदूरपश्चिमबीचको खेल अपराह्न साढे ४ बजे हुनेछ । तर, दुई दिनदेखिको लगातार वर्षाका कारण दुवै खेल प्रभावित हुन सक्ने देखिएको छ ।

जारी लिगमा लुम्बिनी र चितवनले एक/एक खेलमा जित हासिल गरेका छन् भने विराटनगर आफ्ना दुईवटै खेलमा पराजित भएको छ । यस्तै, सुदूरपश्चिमले एकमा जित र एकमा हार बेहोरेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours