राशिफल: ०६ कार्तिक २०८३ शुक्रवार

२०८३ कार्तिक ६ गते (२३ अक्टोबर २०२६) शुक्रवार । आश्विन शुक्लपक्ष द्वादशी ११:५८ बजेपछि त्रयाेदशी। पूर्वभाद्रपदा १९:५३ बजेपछि उत्तरभाद्रपदा। कुम्भ १३:४५ बजेपछि मीन।

मेष – Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ

मिहिनेत गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। आवश्यक भौतिक साधनसमेत सजिलैसँग जुट्नेछन्। श्रमको उचित मूल्याङ्कन हुनेछ। पेसा-व्यवसायमा हुने लाभका कारण मनमा उत्साह जाग्नेछ। यद्यपि, दिउँसोदेखि खर्च बढ्नाले सामान्य अर्थ अभाव देखिन सक्छ। आवश्यकता पूर्तिका लागि सरसापट वा ऋण लिनुपर्ने अवस्था आउन सक्छ। धेरै खर्च लागे पनि प्रयत्न गरेमा वैदेशिक वा अन्य यात्राको प्रक्रिया अगाडि बढ्नेछ।

वृष – Taurus
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

लगनशीलताले जीवनमा विशेष उपलब्धि दिलाउनुका साथै भविष्यका लागि सम्भावना खोजी गर्ने यो उत्तम समय हो। तत्कालै ठूला काम सम्पादन नभए पनि दिगो योजनाहरू बन्नेछन्। दिउँसोदेखि पुरुषार्थी काम गर्दै लाभ उठाउन सकिनेछ भने मिहिनेतको बलमा उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ भने आँट र पराक्रमले कीर्ति दिलाउनेछ। परोपकारी कार्यमा मन प्रवृत्त हुनेछ।

मिथुन – Gemini
का, कि, कु, घ, ङ, छ, के, को, हा

दिगाे याेजनाका साथ नयाँ काम गर्ने समय छ। यसबाट धेरैको भलाइ गर्न सकिनेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नै क्षेत्रको नेतृत्व सम्हाल्ने अवसर जुर्नेछ। परोपकारी कार्यले मान-सम्मान, दाम र प्रतिष्ठा दिलाउनेछ। दिउँसोदेखि परिस्थिति थप अनुकूल बन्नेछ। व्यवसायमा मनग्य फाइदा हुनुका साथै कामका सम्पूर्ण बाधा-अवरोधहरू हट्नेछन्। यद्यपि, आफ्ना विशेष योजनाहरू भने गोप्य नै राख्नु बुद्धिमानी हुनेछ।

कर्कट – Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो

परिस्थितिवश अरूका लागि समय खर्चनुपर्ने हुन सक्छ। दैनिक व्यवहार केही असहज बन्न सक्छ। सानोतिनो समस्याले अल्झाउनुका साथै स्वास्थ्य पनि केही प्रतिकूल रहन सक्छ। त्यसैले, काम गर्दा शुभचिन्तकहरूको भावना बुझेर अगाडि बढ्नुहोला। तर, दिउँसोदेखि आफ्नो कार्यक्षमता देखाएर प्रभाव जमाउन सकिनेछ। अवसरवादीहरू पछि हट्नेछन् र सहयोगी हातहरू फेला पर्नेछन्। समाजको हितमा राम्रा काम गर्ने अवसर जुट्नेछ।

सिंह – Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे

प्रियजनहरूसँग रमाइलो भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। विशेष काम गर्न बिहानको समय अति नै लाभदायक रहनेछ। साथीभाइको साथ र सहयोगले परिस्थिति पनि अनुकूल बन्नेछ। तर, दिउँसोदेखि कमजाेरीका साथै अनावश्यक खर्च बढ्ने सम्भावना छ। स्वास्थ्यप्रति सचेत रहँदै आहारविहारमा विशेष ध्यान दिनुहोला। धेरै श्रम परे पनि प्रतिफल थोरै मात्र प्राप्त हुनेछ र व्यवसायमा केही नोक्सानी समेत हुन सक्छ।

कन्या – Virgo
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

प्रतिस्पर्धाको सामना गर्नुपरे पनि पर्याप्त स्रोतसाधन जुट्नाले दिगो काम बन्नेछन्। यद्यपि, तपाईंको मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्, त्यसैले सचेत रहनुहोला। बुद्धिको सही उपयोगले बिग्रन लागेका कामहरू बन्नेछन्। मध्याह्नपछि व्यापार-व्यवसायमा वृद्धि हुनुका साथै आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन्। मित्रता र प्रेमको बन्धन कसिलो बन्नेछ भने प्राप्त हुने आकर्षक उपहारले मनमा ठूलो उत्साह जगाउनेछ।

तुला – Libra
रा, रि, रु, रे, रो, ता, ति, तु, ते

आफ्नो कार्यक्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने सुवर्ण समय रहेको छ। प्रियजनहरूसँगको निकटता अझ बढ्नेछ। अध्ययनप्रतिको लगावले बौद्धिक दायरा फराकिलो बन्नेछ भने पठनपाठनमा गुरुजनको मार्गदर्शन अत्यन्त उपयोगी सावित हुनेछ। दिउँसाेदेखि प्रतिस्पर्धीहरू समेत पछि पर्नेछन् र प्रतीक्षित नतिजाले मन हर्षित बनाउनेछ। लगनशीलताले राम्राे उपलब्धि दिलाउनेछ। साथै, विभिन्न अवसर पनि प्राप्त हुनेछन्।

बृश्चिक – Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु

हतारमा निर्णय लिने बानीले केही अप्ठ्यारोमा पार्न सक्ने हुँदा विशेष सावधानी अपनाउनुहोला। प्रक्रिया नमिल्दा केही कामहरू दोहोर्याउनुपर्ने हुन सक्छ। भूमि तथा पशुधनबाट राम्रो लाभ मिल्नेछ भने टाढिएका आफन्तजन र साथीभाइसँग पुनर्मिलन हुने समय छ। मध्याह्नदेखि बुद्धिको विवेकपूर्ण प्रयोगले आम्दानी तथा फाइदाका स्रोतहरू फेला पर्नेछन्। अध्ययनमा राम्रो प्रगति हुनुका साथै खोजेको नतिजा प्राप्त हुनेछ।

धनु – Sagittarius
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

सहयोगीहरूको बलियो साथ पाइने हुनाले बिहानको समय निकै लाभदायक रहनेछ। उद्योग तथा व्यापारमा राम्रै फाइदा उठाउन सकिनेछ। यद्यपि, अन्य क्षेत्रमा तपाईंको श्रम परेपनि त्यसको जस वा प्रतिफल अरू कसैले खोस्न सक्नेछ। पहिले दिएको कुनै वचनले अप्ठ्यारो पार्न सक्छ, तसर्थ साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। मध्याह्नपछि भूमि र पशुधनबाट सामान्य लाभ मिल्नेछ। तर, अरूको मुख ताक्ने बानीले पछाडि परिनेछ।

मकर – Capricorn
भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि

पठनपाठन र अध्ययनमा राम्रो प्रगति हुनुका साथै लेखन तथा सिर्जनात्मक कार्यबाट समाजमा ख्याति कमाउन सकिनेछ। आज गरिएको मिहिनेतले भविष्यमा दिगो फाइदा दिलाउनेछ भने आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। पेसा-व्यवसायतर्फ नयाँ काम थाल्ने अनुकूल समय छ। यसअघि अधुरा रहेका काम बन्नाले उत्साह जाग्नेछ। व्यापारमा मनग्य धन आर्जन हुनेछ र विभिन्न भौतिक साधन सङ्ग्रह गर्ने सुअवसर प्राप्त हुनेछ।

कुम्भ – Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, द

बिहानको समय लाभदायक र उपलब्धिमूलक रहनेछ। पारिवारिक जमघट र स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। दिगाे फाइदा पुग्ने रचनात्मक काम थालनी हुनेछ। मध्याह्नदेखि बोलीको प्रभावले आर्थिक क्रियाकलापमा विशेष लाभ दिलाउनेछ। अध्ययनमा प्रगतिका साथै आफ्नो ज्ञानलाई निखार्ने सुअवसर प्राप्त हुनेछ। आजको सफलताले थप ऊर्जा प्रदान गर्नेछ। नयाँ जिम्मेवारी थपिन सक्छ। पेसा–व्यवसायमा पनि लाभ मिल्नेछ।

मीन – Pisces
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

खर्चालु प्रकृतिका कामहरूले गर्दा केही आर्थिक अभाव सिर्जना हुन सक्छ। तापनि, भविष्यका लागि राम्रा काम गर्ने यो उपयुक्त समय हो। समस्याहरूले तपाईंलाई थप सक्रिय बन्न प्रेरित गर्नेछन्। शुभचिन्तकहरूको साथ जुट्नाले गुमेको वा आशा त्यागेकाे फल पुनः प्राप्त हुन सक्नेछ। दिउँसोतिर पारिवारिक भेटघाटका साथै विशेष उपहार प्राप्त हुनाले मनमा खुसियाली छाउनेछ। आजको मिहिनेतले आगामी दिनमा फाइदा पुर्याउनेछ।

You May Also Like

More From Author

+ There are no comments

Add yours