०२ कार्तिक, काठमाडौँ । भारतीय चलचित्रका चर्चित अभिनेता टाइगर श्रफको गाडीमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार आइतबार साँझ मुम्बईको जुहु क्षेत्रमा घरबाट बाहिर निस्कने क्रममा उनको गाडीमाथि आक्रमण भएको हो।
घटनाका क्रममा चार राउन्ड हवाई फायर गरिएको थियो। भारतीय समाचार संस्था एएनआईका अनुसार आक्रमणमा अभिनेता श्रफ पूर्ण रूपमा सुरक्षित रहेका छन् भने उनका गाडी चालकसहित दुई जना घाइते भएका छन्।
घटना लगत्तै मुम्बई प्रहरीले तीव्र अनुसन्धान सुरु गर्दै दोषीको खोजीका लागि १५ वटा विशेष टोली गठन गरेको छ। चर्चित अभिनेता ज्याकी श्रफका छोरा टाइगर श्रफमाथि भएको यो आक्रमणको कारणबारे थप अनुसन्धान भइरहेको छ।


+ There are no comments
Add yours