०२ कार्तिक, काठमाडौँ । काठमाडौँ उपत्यकाको प्रारम्भिक न्यूनतम तापक्रम मापन गरिएको छ।
आज सोमबार बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४.० डिग्री सेल्सियस देखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनले नेपालखबरलाई जानकारी दिइन्।
यद्यपि यो सुरुवाती मापन हो। आजको वास्तविक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे देखिन्छ। त्यतिबेला काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम प्रारम्भिक मापनमा भन्दा केही घट्ने सम्भावना हुन्छ। कहिलेकाहीँ त्यही कायम रहन पनि सक्छ।
आइतबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३.५ डिग्री सेल्सियस थियो। अधिकतम तापक्रम भने २५ डिग्री सेल्सियस थियोे।
मौसम महाशाखाले हरेक दिन काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्छ। न्यूनतम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।
यसैबिच आज काठमाडौँ उपत्यकामा वर्षाको सम्भावना ‘खासै नदेखिएको’ मौसमविद् महर्जनले बताइन्।


+ There are no comments
Add yours