दशैँमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा–च्याङ्ग्रा निकासी

०२ कार्तिक, काठमाडौँ । यसपालिको दशैँका अवसरमा मुस्ताङ हुँदै रु ३५ करोड मूल्य बराबरका भेडा तथा च्याङ्ग्रा निकासी भएका छन्। कृषि तथा पशु विकास कार्यालय मुस्ताङका अनुसार यस वर्ष १३ हजार २७९ वटा भेडा र च्याङ्ग्रा मुस्ताङको बाटो हुँदै देशका प्रमुख शहरतर्फ बाहिरिएका छन्।

कार्यालय प्रमुख डा. लालमणि अर्यालका अनुसार निकासी भएका पशुहरूमा ११ हजार १६४ वटा च्याङ्ग्रा र दुई हजार ११५ वटा भेडा रहेका छन्। मुस्ताङबाट मात्रै रु २२ करोडभन्दा बढी मूल्यका सात हजार ९६४ च्याङ्ग्रा र एक हजार २०४ भेडा बिक्री भएका हुन्। यसैगरी कर्णाली प्रदेशका डोल्पा, मुगु र जुम्लाबाट मुस्ताङको बाटो हुँदै रु १३ करोड मूल्य बराबरका भेडा-च्याङ्ग्रा निकासी गरिएका छन्।

निकासी तथ्याङ्कअनुसार डोल्पाबाट २,६८० च्याङ्ग्रा र ८७१ भेडा, जुम्लाबाट ३०० च्याङ्ग्रा तथा मुगुबाट ३२० च्याङ्ग्रा र ४० वटा भेडा बाहिरिएका छन्। यस वर्ष बजारमा च्याङ्ग्राको औसत मूल्य रु ३३ हजार, भेडाको रु २२ हजार र च्यालु (माउ) को रु १० हजार कायम गरेर व्यापारीहरूले पोखरा, काठमाडौँलगायतका स्थानमा बिक्रीका लागि लगेका छन्।

You May Also Like

More From Author

+ There are no comments

Add yours