इन्टरनेट प्याकेजबारे भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह

०१ कार्तिक, काठमाडौँ । नेपाल टेलिकमले ३० एमबीपीएस क्षमताको ४ हजार ९९९ रुपैयाँको एफटीटीएच इन्टरनेट प्याकेजका सम्बन्धमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

कम्पनीले तथ्यभन्दा फरक ढंगले समाचार सम्प्रेषण भएको भन्दै यस्तो भ्रममा नपर्न सरोकारवालालाई आग्रह गरेको छ।

टेलिकमका प्रवक्ता डा. कमल लामिछानेद्वारा जारी विज्ञप्तिमा नेपाल दूरसञ्चार प्राधिकरणले शनिबार जारी गरेको प्रेस विज्ञप्तिलाई आधार बनाएर गलत समाचार आएको उल्लेख छ। प्राधिकरणको उक्त विज्ञप्तिमा इन्टरनेट सेवा प्रदायकले अनुमति पत्रका सर्तविपरीत कार्य गरेको विषय उठाइएको थियो।

नेपाल टेलिकमले आफूले सञ्चालन गर्ने विभिन्न प्याकेजको स्वीकृतिका लागि सधैं नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गर्दै आएको स्पष्ट पारेको छ।

कम्पनीका अनुसार असार ३० गते अफरका रूपमा सञ्चालनमा ल्याइएको ३० एमबीपीएसको उक्त प्याकेजका बारेमा पनि प्राधिकरणलाई जानकारी गराइसकिएको छ।

उक्त सेवा यसअघि विद्यार्थी अफरका रूपमा समेत प्राधिकरणलाई जानकारी दिएरै सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ। टेलिकमले आफ्ना सेवा तथा प्याकेजसम्बन्धी जानकारी लिँदा तथ्यमा आधारित भएर मात्र लिन आग्रह गरेको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours