पोखरामा CFMOTO को नयाँ 3S आउटलेट उद्घाटन, ग्राहकलाई बिक्रीसँगै सेवा, स्पेयर पार्ट्स र प्राविधिक सहयोगमा थप सहजता

१८ असाेज, पोखरा। प्रिमियम मोटरसाइकल ब्राण्ड CFMOTO ले पोखरामा आफ्नो नयाँ 3S (Sales, Service & Spare Parts) आउटलेट, हिमालयन अटो नेक्सस प्रा. लि.औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। उक्त आउटलेटको उद्घाटन पोखरा उद्योग वाणिज्य संघ (FNCCI) का अध्यक्षज्यू शोभा गौतमज्यू को प्रमुख आतिथ्य तथा WADA का अध्यक्षज्यू दीपेन्द्र कोइरालाज्यू को विशेष आतिथ्य* मा १० असोज २०८३ मा सम्पन्न भएको हो।

उद्घाटन कार्यक्रममा CFMOTO नेपालका प्रतिनिधि, डिलर/व्यवसायिक साझेदार, अटोमोबाइल क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मी तथा मोटरसाइकलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

नयाँ 3S आउटलेटमार्फत पोखरा तथा आसपासका क्षेत्रका ग्राहकहरूले CFMOTO का मोटरसाइकलहरूको बिक्री, आधिकारिक सर्भिस तथा स्पेयर पार्ट्स सेवा एउटै स्थानबाट प्राप्त गर्न सक्नेछन्। यसले ग्राहकलाई खरिदपछिको सेवा अझ सहज, व्यवस्थित र भरपर्दो बनाउने अपेक्षा गरिएको छ।

CFMOTO नेपालका Authorized Distributor Rishi Trade Centre ले देशभर आफ्नो बिक्री तथा सेवा नेटवर्क विस्तार गर्ने क्रममा पोखरामा 3S आउटलेट सञ्चालनमा ल्याएको हो। पोखरा गण्डकी प्रदेशको प्रमुख व्यावसायिक तथा पर्यटन केन्द्र हुनुका साथै प्रिमियम तथा एड्भेन्चर मोटरसाइकलको बढ्दो बजारका रूपमा समेत विकसित हुँदै गएकोले यस क्षेत्रमा CFMOTO को उपस्थितिलाई थप सुदृढ बनाउने उद्देश्यले नयाँ आउटलेट सञ्चालनमा ल्याइएको हो।

पोखरा केवल गण्डकी प्रदेशको प्रमुख व्यावसायिक तथा पर्यटन केन्द्र मात्र नभई नेपालका हिमाली तथा उच्च पहाडी गन्तव्यतर्फ मोटरसाइकल यात्राका लागि महत्वपूर्ण प्रवेशद्वार समेत हो। यही परिवेशलाई ध्यानमा राख्दै पोखरामा नयाँ 3S आउटलेट सञ्चालनमा ल्याउनुको मुख्य उद्देश्य पोखरा हुँदै हिमाली तथा दुर्गम भूभागमा यात्रा गर्ने CFMOTO राइडरहरूलाई आवश्यक बिक्रीपछिको सेवा, Genuine Spare Parts तथा प्राविधिक सहयोग सहज रूपमा उपलब्ध गराई उनीहरूको यात्रामा थप आत्मविश्वास र भरोसा प्रदान गर्नु रहेको छ।

CFMOTO का लोकप्रिय मोडलहरूमा **250 Dual EFI , 450MT, 450C

You May Also Like

More From Author

+ There are no comments

Add yours