नेपाल भलिबल लिगको खेल तालिका सार्वजनिक, पहिलो खेलमा मधेश र सगरमाथा भिड्ने

१६ भदाै, काठमाडौँ । पहिलो पटक हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज प्रतियोगिता नेपाल भलिबल लिग (एनभीएल) को खेल तालिका सार्वजनिक गरिएको छ ।

‘उचाइँको नयाँ उडान’ सन्देशसहित यही भदौ १९ शुक्रबारदेखि त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा एनभीएल सुरु हुनेछ । प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

आयोजक केडिया ग्रुपद्वारा सोमबार प्रकाशित खेल तालिकाअनुसार पहिलो खेल मधेश वारियर्स र सगरमाथा स्म्यासर्सबीच हुनेछ । आयोजकले पहिलो दिनको टिकट बिक्रीबाट संकलित सम्पूर्ण रकम रसुवा–नुवाकोटका बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेको छ । १४ भदौबाट नै टिकट बिक्री खल्ती बाई आईएमईबाट अग्रिम खरिद गर्न सकिने जनाइएको छ ।

पहिलो दिन नै दोस्रो खेल अन्नपूर्ण स्पाइकर किंग्स र कर्णाली शिवराजबीच हुनेछ । पहिलो खेल अपरान्ह ४ बजे र दोस्रो खेल ७ बजे हुने तालिका छ । २० भदौमा काठमाडौं रेड्सले मधेश वारियर्सविरुद्ध खेल्नेछ भने अर्को खेलमा सगरमाथाको भेट खप्तड फाल्कन्सविरुद्ध हुनेछ ।

२१ भदौ अन्नपूर्ण स्पाइकर र काठमाडौं रेड्स तथा कर्णाली शिवराज र खप्तड फाल्कन्सबीच खेल हुनेछ । यसरी नै ६ टिमले एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्नेछ । लिग चरणमा कुल १५ खेल हुनेछ । २५ भदौमा खप्तड फाल्कन्स र काठमाडौं रेड्सबीच लिगको अन्तिम खेल हुनेछ ।

लिगको शीर्षस्थानमा रहने टोली सिधै फाइनल पुग्नेछ भने दोस्रो र तेस्रो हुने टोलीबीच प्लेअफ हुनेछ । २६ भदौमा हुने प्लेअफ विजेताले लिगको पहिलो स्थानमा हुने टोलीसँग फाइनल खेल्नेछ । फाइनल २७ गते शनिबार हुनेछ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours