१६ भदाै, काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौँडा–काठमाडौँ सडक खण्डमा सवारीसाधनको अत्यधिक चाप बढेको छ। सोही समस्यालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले आजदेखि साना तथा ठूला सवारीसाधनका लागि आउने र जाने मार्ग ‘वान–वे’ रुट छुट्टाछुट्टै तोकेको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीका अनुसार चौध सिटभन्दा कम क्षमताका साना यात्रुवाहक सवारीसाधनहरू काठमाडौँ जाँदा भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली मार्ग प्रयोग गर्नुपर्नेछ भने काठमाडौँबाट हेटौँडा फर्किंदा फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी मार्ग हुँदै आउनुपर्नेछ। यसैगरी, मालवाहक तथा ठूला यात्रुवाहक सवारीसाधनहरूका लागि भने काठमाडौँ जाँदा त्रिभुवन राजपथ र फर्किंदा कान्ति राजमार्ग प्रयोग गर्नुपर्ने गरी नयाँ व्यवस्था मिलाइएको छ।
कृष्णभीरमा सडक अवरुद्ध भएपछि यस वैकल्पिक मार्गमा बढ्ने गरेको सवारी जाम तथा घण्टौँसम्म गाडीलगाएर बस्नुपर्ने बाध्यकारी अवस्थाको अन्त्य गर्न यो नयाँ यातायात व्यवस्थाले निकै सहयोग पुर्याउने विश्वास लिइएको छ।


+ There are no comments
Add yours