रसुवामा हराएका कैलालीका २३ जना सम्पर्कमा

१४ भदाै, धनगढी । भोटेकोशी बाढीका कारण सम्पर्कविहीन भएकामध्ये कैलालीका २३ जना परिवारको सम्पर्कमा आएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार बाढीपछि सम्पर्कविहीन भएकामध्ये केही व्यक्ति परिवारको सम्पर्कमा आएका हुन ।

जिल्लाको ७९ जना सम्पर्कविहीन भएका थिए । जसमध्ये २३ जना सम्पर्कमा आएका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार सम्पर्कमा आउनेमा गौरीगंगा नगरपालिका–४ राजीपुरका नरेन्द्र साउँद, रोहन ओली, प्रदीप बोहरा, विक्रम ढकाल, अविशेर सुनार, रमेश साउँद, गोविन्द ओली, सुनिल बुढामगर, सञ्जय शाही, संगम मगर, सोमबहादुर साहु रहेका छन् ।

यसैगरी, सोही ठाउँकै मानबहादुर शाही, सुनिल चौधरी, दिलिप चौधरी, चुरे गाउँपालिका–३ का पदमबहादुर धामी, जनकबहादुर धामी, आनन्द धामी, गौमादेवी धामी र डम्मरा धामी पनि सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिनुभयो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours