१४ भदाै, काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण गरेको छ ।
प्रहरी प्रधान कार्यालय पुगी नेपाल चेम्बरका वरिष्ठ उपाध्यक्ष एवं विपद् व्यवस्थापन परिषद्का सभापति दीपककुमार मल्होत्राले नेपाल प्रहरीलाई उक्त ड्रोन हस्तान्तरण गर्नुभएको हो ।
हस्तान्तरण गरिएका ड्रोनमध्ये दुईवटा म्याभिक फोर प्रो, पाँचवटा एयर थ्री एस एफएमसी आरसी टु, दुईवटा मिनी फाइभ प्रो प्लस एफएमसी आरसी टु, छवटा लिटो वान प्लस एफएमसी आर थ्री तथा दुईवटा लिटो एक्स वान एफएमसी आर टु रहेका चेम्बरले जनाएको छ ।
सो अवसरमा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, चेम्बरका महानिर्देशक देवेन्द्र लामिछाने तथा वरिष्ठ प्रहरी उपरीक्षक दामोदर कँडेलको उपस्थिति थियो ।
उद्धार कार्य थप प्रभावकारी बनाउन चेम्बरले यसअघि नै ५० केजी पेलोड क्षमताको एउटा ड्रोन र एउटा सर्भिलेन्स ड्रोन विदुर नगरपालिकामा पठाइसकेको छ । त्यसैगरी प्रभावित क्षेत्रमा सञ्चार तथा अत्यावश्यक विद्युतीय उपकरण सञ्चालनमा सहयोग पुग्ने उद्देश्यले चेम्बरले एक सय २५ वटा पावर बैंकसमेत उपलब्ध गराइसकेको जनाएको छ ।
चेम्बरले रसुवा, नुवाकोट तथा धादिङलगायत प्रभावित जिल्लामा भदौ ११ गते तत्कालै नगद तथा जिन्सी सहयोग उपलब्ध गराउँदैे राहत अभियानलाई निरन्तरता दिने जनाएको छ ।


+ There are no comments
Add yours