२८ साउन, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानकै आसपासमा अवस्थित छ ।
यतिबेला मधेस प्रदेशका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बादल लागेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने आंशिक बदलीसहित मौसम सामान्य रहेको छ ।
मौसमविद्का अनुसार अहिले कोशी र बागमती प्रदेशका केही ठाउँमा तथा गण्डकी र कर्णालीका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ । यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज बिहीबार दिनभर कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बादल लागिरहने छ । मधेस प्रदेश र सुदूरपश्चिमको तराई भू(भागमा भने आंशिक बादल लाग्ने अनुमान गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो र राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षा हुनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भेगका थोरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको समेत सम्भावना रहेको छ।
तराई क्षेत्रतर्फ मधेस प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई भू–भागका थोरै स्थानमा तथा सुदूरपश्चिमको तराईका एक-दुई स्थानमा मध्यमसम्मको वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।


+ There are no comments
Add yours