क्यानडामा ‘आमाको चौथो मोमो फेस्टिभल’ आयोजना हुँदै

२३ साउन, क्यानडा । नेपाली स्वाद, संस्कृति र परिकारलाई अन्तर्राष्ट्रिय समुदायमाझ प्रवर्द्धन गर्ने उद्देश्यले ‘आमाको चौथो मोमो फेस्टिभल’ आयोजना हुने भएको छ। नेपाली परिकारका शेफ ज्ञानेन्द्र शर्माको नेतृत्वमा आयोजना हुन लागेको फेस्टिभलमा विभिन्न स्वादका मोमोका साथै संगीत र पारिवारिक मनोरञ्जनका कार्यक्रमहरू प्रस्तुत गरिनेछ।

फेस्टिभल अगस्ट २३, २०२६, बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रममा स्वादिष्ट मोमो, सांगीतिक प्रस्तुति तथा बालबालिकाका लागि Kids Zone लगायतका आकर्षण रहनेछन्। नेपाली खानाको मौलिक स्वादसँगै नेपाली संस्कृति र आतिथ्यलाई क्यानडाको स्थानीय समुदायमाझ पुर्‍याउने उद्देश्यले आयोजना गरिएको यस महोत्सवमा नेपाली समुदाय तथा खानाका पारखीहरूको उल्लेख्य सहभागिता हुने अपेक्षा गरिएको छ। मोमोमार्फत नेपाली स्वाद र संस्कृतिलाई अन्तर्राष्ट्रिय समुदायसम्म पुर्‍याउने प्रयासका रूपमा यस कार्यक्रमलाई हेरिएको शेफ ज्ञानेन्द्र शर्माले डिजिटल खबरलाई जानकारी गराए ।

📍 कार्यक्रम स्थल:
Aama Nepalese Cuisine
Nepalese Restaurant,
100 Horse Creek Road, Unit #2106, Cochrane, AB, Canada, T4C 0E3

कार्यक्रम: आमाको चौथो मोमो फेस्टिभल
मिति: अगस्ट २३, २०२६
समय: बिहान ११:०० – साँझ ५:०० बजे
आयोजक/शेफ: शेफ ज्ञानेन्द्र शर्मा

You May Also Like

More From Author

+ There are no comments

Add yours