१९ साउन, काठमाडौँ । चर्चित भारतीय अभिनेता प्रदीप रावतको निधन भएको छ।
ब्लड क्यान्सरबाट पीडित उनको ७४ वर्षको मंगलवार साँझ उपचारको क्रममा निधन भएको हिन्दुस्थान टाइम्सले जनाएको छ।
उनी एक महिनाभन्दा बढी समयदेखि ब्लड क्यान्सरको उपचार गराइरहेका थिए
रावतले ‘महाभारत’ सिरियलमा अस्वस्थामाको भूमिका निर्वाह गरेका थिए। सरफरोस, लगान, गजिनीमा खलपात्रको भूमिकामा समेत देखिएका थिए।
हिन्दीसहित तेलुगु र तमिल फिल्म खेलेका रावतले नेपाली फिल्म ‘आ बाट आमा’ र ‘ह्रस्व दीर्घ’मासमेत अभिनय गरेका थिए। यी दुबै फिल्म प्रदर्शनको बेला उनी नेपाल समेत आएका थिए।
हालै ‘आबाट आमा–२’ को छायांकन सकिएको छ। यो सिनेमा रिलिज हुन भने बाँकी छ।
रावतसँग सहकार्य गरेका निर्देशक चन्द्र पन्त, हरिहर शर्मा र विपना थापा लगायतले फेसबुकमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन।


+ There are no comments
Add yours