Advertisement

साफ च्याम्पियनसिप : नेपाल र भारत भिड्दै

0 337

Advertisement

२४ आश्विन, काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज आइतबार भारतविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

मालेस्थित राष्ट्रिय रंगशालामा नेपालले बलियो टिम भारतसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार राति ९:४५ सुरु हुनेछ ।

सात पटकको च्याम्पियन भारतविरुद्ध मैदान उत्रदा नेपाललाई सहज हुने छैन । तर, सुरुआती दुई खेलमा जित निकालेको नेपाल उच्च आत्मविश्वासको साथ मैदान उत्रनेछ ।

भारतविरुद्धको खेल नेपालको लागि महत्वपूर्ण रहेको छ । साफ जित्ने लक्ष्यसहित माल्दिभ्स पुगेको नेपाल भारतविरुद्ध जित निकाल्दै फाइनल पुग्न चाहन्छ ।

‘भारतविरुद्धको खेलका लागि राम्रो तयारी गरेका छौँ । भारतविरुद्धको खेल कठिन छ । हामी चरणबद्ध अघि बढी रहेका छौँ । हामीले दुई चरण पार गरिसकेका छौँ,’ कप्तान किरणले प्रि-म्याच कन्फरेन्समा भने, ‘लक्ष्य पूरा गर्नका लागि अर्को चरण रहेको छ । हामी जित्नका लागि ९० मिनेटसम्म प्रतिस्पर्धा गर्छौं ।’

प्रतियोगितामा नेपाल २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

पहिलो खेलमा माल्दिभ्सलाई १-० ले हराएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३-२ ले हराएको थियो । लगातारको दुई जितले नेपाल फाइनल नजिक रहेको छ ।

साफको सर्वाधिक सफल टिम भारतले अघिल्लो दुई खेलमा बराबरी खेलेको थियो । पहिलो खेलमा बंगलादेशसँग १-१ गोलको बराबरी खेलेको भारतले दोस्रो खेलमा श्रीलंकासँग गोलरहित बराबरी खेलेको थियो ।

भारत २ खेलमा २ अंक जोडेर चौंथो स्थानमा रहेको छ । त्यसैले भारत नेपालविरुद्ध स्पस्ट ३ अंकको खोजीमा हुनेछ । जसको कारण पनि भारतविरुद्धको यस खेल नेपाललाई कठिन रहेको मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी बताउँछन् ।

‘भारतविरुद्धको खेल हाम्रो लागि कठिन हुनेछ । भारत यस क्षेत्रको उत्कृष्ट टिम हो । उनीहरु ७ पटकको च्याम्पियन हुन्,’ प्रशिक्षक अल्मुताइरीले प्रि-म्याच कन्फरेन्समा भने, ‘मेरो विचारमा भारतले ९५ प्रतिशतले खेल जित्ने सम्भावना छ । ४ प्रतिशत बराबरी र १ प्रतिशत नेपालले जित्ने सम्भावना छ तर मलाई आशा छ हामी भारतसँग हार्ने छैनौँ ।’

May be an image of 4 people and people standing

भारतविरुद्ध नेपालले हालसम्म २१ खेल खेलेको छ । जसमा भारत पुर्णरुपमा हाबी छ ।

नेपालविरुद्ध भारतले १४ खेल जितेको छ । नेपालले दुई खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ ।

पछिल्लो पटक नेपालले भदौमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । दशरथ रंगशालामा नेपालले एक खेल बराबरी खेल्दा एक खेलमा हार व्यहोरेको थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.