सिएटल स्टेडियममा सेनेगलविरुद्ध दुई गोलले पछि परेको बेल्जियमले उत्कृष्ट पुनरामगन जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।
१८ असार, काठमाडौँ । अतिरिक्त समयमको अन्तिम मिनेटमा कप्तान युरी थिलेमन्सले पेनाल्टीमा गोल गरेपछि सेनेगल विरुद्ध पुनरागमन जित निकाल्दै बेल्जियम फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।
अमेरिकाको सिएटल स्टेडियममा भएको खेलमा दुई गोलले पछि परेको स्थिती उल्टाउँदै बेल्जियमले सेनेगललाई ३-२ ले पराजित गर्दै विश्वकपमा यात्रा कायमै राखेको हो ।
बेल्जियमले विश्वकप इतिहासकै ठूलो पुनरागमन जित मध्ये एक हात पारेको हो । यस्तै कप्तान युरी थिलेमन्सले १२५औं मिनेटमा गरेको गोल विश्वकपमा अहिलेसम्म भएको मध्ये सबैभन्दा ढिलो गोल हो ।
८५ मिनेटसम्म २-० को अग्रतासहित जितनजिक पुगेको सेनेगललाई रोमेलु लुकाकुको गोलले रोकेको थियो ।
निर्धारित समयको ५ मिनेटअघिसम्म बेल्जियम दुई गोलले पछि थियो । तर लुकाकु र कप्तान थिलेमन्सले निर्धारित समयमै गोल गरेपछि बेल्जियमले खेल २-२ को बराबरीमा पुर्याउँदै खेल अतिरिक्त समयसम्म लम्ब्याएको थियो । अतिरिक्त समयमा पनि दुवैतर्फबाट गोल हुने संकेत थिएन र खेल पेनाल्टीसुटबउटतर्फ धकेलिरहेको थियो । तर अतिरिक्त समयमको अन्तिम मिनेटमा बेल्जियमले पेनाल्टी पायो ।
सेनेगलका लामिन क्यामाराले विपक्षी खेलाडीलाई डिबक्सभित्र लडाएपछि भिएआरको सहयोगमा बेल्जियमले पेनाल्टी पाएको थियो । जसमा कप्लेतान थिलेमन्सले गोल गर्दै बेल्जियमलाई ३–२ नाटकिय जित दिलाए ।
त्यसअघि खेलको २४औं मिनेटमा हबीब डायरा र ५१औं मिनेटमा इस्माइला सारले गोल गर्दै सेनेगललाई २-० को अग्रता दिलाएका थिए ।
तर निर्धारित समयको अन्तिम ५ मिनेटसम्हालिन नसक्दा सेनेगलले अन्तिम १६ मा पुग्ने सुनौलो अवसर गुमायो ।
खेलको ८६ औं मिनेटमा बेल्जियमका रोमेलु लुकाकुले गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे । त्यसको ३ मिनेटपछि युरी टिलेमान्सले गोल गर्दे बेल्जियमलाई बराबरीमा फर्काउन सफल भए ।
निर्धारित समय २–२ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलियो । अतिरिक्त समयको अन्तिम मिनेटमा बेल्जियमले पेनाल्टी पाएपछि थिलेमन्सले गोल गर्दै जित दिलाए ।
यस विश्वकपमा १० अफ्रिकी राष्ट्र सहभागि भएकोमा ९ टोलीले नकआउट चरणमा स्थान बनाएका थिए । तर नकआउट चरणमा भने मोरक्कोलाई छाडेर अहिलेसम्म खेलेका अफ्रिकन टिम पराजित हुँदै आएको छ । यसअघि नै दक्षिण अफ्रिका, आइभरी कोस्ट र डिआर कंगो राउण्ड अफ ३२ मा पराजित हुँदै बाहिरिसकेका छन् ।
अब केप भर्डे, इजिप्ट, घाना र अल्जेरियाले राउण्ड अफ ३२ मा खेल्न बाँकी छ । मोरक्कोले भने नेदरल्यान्ड्सलाई हराउँदै अन्तिम १६ मा स्थान बनाइसकेको छ ।
बेल्जियमले अब क्वार्टरफाइनल प्रवेशका लागि अमेरिका र बोस्निया तथा हर्जगोभिनाबिचको विजेतासँग खेल्नेछ ।


+ There are no comments
Add yours