०५ जेठ, काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहेको छ ।
बागमती र गण्डकी प्रदेशका तराई भूभाग तथा बाँकी हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी र बागमती प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी प्रदेशसहित बाँकी हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ । मधेश प्रदेशसहित बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बदली रहनेछ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा, बाँकी हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा तथा मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । साथै, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तातो दिन रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यसैगरी, आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यतया बदली रहनेछ । मधेश प्रदेशसहित बाँकी पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी र गण्डकी प्रदेशका थोरै स्थानमा तथा मधेश, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।


+ There are no comments
Add yours