आज कस्तो होला काठमाडौँ उपत्यकाको मौसम

०३ जेठ, काठमाडौँ। आज आइतबार पनि काठमाडौँ उपत्यकामा हल्का वर्षाको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्।

मौसमविद्ले दिएको जानकारीअनुसार आज काठमाडौँ उपत्यकामा आंशिक बदली हुने र अपराह्न वा साँझपख हल्का वर्षा हुने सम्भावना छ।

आंशिक बदली भनेको आकाशमा बादल पनि लाग्ने र घाम पनि देखिने अवस्था हो।

यसैबिच आज बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १८.५ डिग्री सेल्सियस देखिएको छ। यद्यप यो सुरुवाती मापन हो। आजको वास्तविक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे मापन गरिन्छ। त्यसबेला काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम अहिले देखिएभन्दा थोरै घट्ने सम्भावना हुन्छ भने यति नै कायम रहन पनि सक्छ।

आज देशभर मौसम कहाँ कस्तो होला भन्ने प्रक्षेपणचाहिँ मौसम महाशाखाले अहिले बिहान ८ बजे जारी गर्नेछ।

You May Also Like

More From Author

+ There are no comments

Add yours