०३ बैशाख, काठमाडाैँ । सुरक्षण मुद्रण केन्द्रले छापिएका सवारीचालक अनुमतिपत्र (लाइसेन्स) विवरण वेबसाइटमा राख्न सुरु गरेको छ । सेवाग्राहीलाई छापिएका लाइसेन्सको जानकारी दिनुका साथै छिटोछरितो प्राप्त गर्न गराउनका लागि वेबसाइटमा राख्न थालिएको हो ।
केन्द्रका कार्यकारी निर्देशक ढुङ्गानाले भन्नुभयो, “हामीले कति उत्पादन ग¥यौँ भन्ने विवरण सार्वजनिक गरिरहेका छौँ । यातायात व्यवस्था विभाग र कार्यालयसँगको समन्वयमा छापिएका कार्ड सम्बन्धित ठाउँमा पठाउने व्यवस्था पनि मिलाइएको छ ।”
उहाँका अनुसार केन्द्रले हाल दैनिक करिब ४० हजारप्रति लाइसेन्स छाप्न थालेको छ । दुई सिफ्टमा छपाइ भएको छ । २९ लाखप्रति लाइसेन्स असार मसान्तसम्म छापिसक्ने योजना अनुसार काम भइरहेको ढुङ्गानाले बताउनुभयो । एउटा जिल्लामा ६८ हजारदेखि एक लाखप्रति लाइसेन्स छाप्न बाँकी छ ।


+ There are no comments
Add yours