एनपीएलमा विराटनगरको लगातार तेस्रो जित, जनकपुरलाई ‘ब्याडलक’ [फोटोफिचर]

०८ मंसिर, काठमाडौँ । नेपाल प्रिमियर लिग सिजन २ मा विराटनगर किङ्ग्सले लगातार तेस्रो जित निकालेको छ ।

सोमबार पहिलो खेलमा विराटनगरले डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई ९ रन हराउँदै जित निकालेको हो । १३६ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्स ९ विकेट गुमाउँदै १२६ रनमा समेटियो ।

विराटनगरको जितमा कप्तान सन्दीप लामिछानेले सर्वाधिक चार विकेट निकाले । चार ओभरमा उनले मात्र ११ रन दिँदै महत्त्वपूर्ण चार विकेट निकालेका हुन् ।

जनकपुरका लागि लफ्टी इट्टनले सर्वाधिक ४१ रन बनाए । यस्तै लाहिरु मिलान्थाले २३ रन बनाउँदा आशिफ शेखले २० रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङमा विराटनगरका सन्दीपको नाममा चार विकेट रह्यो भने सूर्य तामाङले २, सुभम रनजने र मार्सेन्ड डिलाङ्गाले १/१ विकेट लिए ।

त्यसअघि ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेछ गुमाउँदै १३५ रन बनाएको थियो ।

विराटनगरका लागिशुभम रन्जनेले सर्वाधिक ३७ रन बनाए भने बसिर अहमदले ३६ रन बनाए। लोकेश बम २८, जर्ज मुन्से १० र मार्टिन गुप्टिलले १३ रन बनाए। नारायण जोशी दुई रन बनाएर आउट भए भने मर्चेन्ट द लेंगेले खाता खोल्न सकेनन्।

प्रतिश जिसी २ रन र कप्तान सन्दीप लामिछाने शुन्य रनमा नटआउट रहे। जनकपुर बोल्ट्सको यो लगातार दोस्रो हार हो । यसअघि पहिलो खेलमा काठमान्डु गोर्खाजसँग पराजित भएको थियो । अघिल्लो सिजनको ट्रफी विजेना जनकपुर यसपटक भने खराब सुरुवात गरेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours