०६ भदाै, काठमाडौँ । राप्रपा परित्याग गरेर जय नेपाल पार्टी गठन गरेका धवलशम्शेर राणाले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन्।
शनिबार हिमानी ट्रस्टको कार्यक्रममा राणाले पूर्वराजा शाहसँग भेटवार्ता गरेका हुन् ।
भेटवार्ताको तस्बिर राणाले आइतबार बिहान सामाजिक संजाल फेसबुकमार्फत सार्वजनिक गरेका छन्। राणाले उक्त भेटलाई फलदायी रहेको पनि बताएका छन्।
तर भेटवार्तामा के के कुरा भयो त्यसबारे राणाले विस्तृत जानकारी दिएका छैनन्। राणाको पार्टीले राजतन्त्रसहितको एजेण्डा अघि सारेको छ ।


+ There are no comments
Add yours