०४ मंसिर, सिमरा । एमाले कार्यकर्ता र जेनजी समूहबीच बुधबार भएको झडपका कारण बाराको सिमरा आज पनि अशान्त छ । बिहानैबाट युवाहरू सडकमा निस्किएर प्रदर्शन गरिरहेका छन् ।
आज बिहान १० बजेबाट जेनजी युवाले सिमरा चोकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । आफूहरूमाथि कुटपिट गर्ने एमाले नेता–कार्यकर्तालाई तत्काल पक्राउ गरिनुपर्ने उनीहरुको माग छ ।
बुधबार एमालेद्वारा आयोजित कार्यक्रममा काठमाडौंबाट जान लागेका शंकर पोखरेल, भानुभक्त ढकाल, महेश बस्नेतलगायतका नेतालाई रोक्न युवाहरूले सिमरा विमानस्थलमा प्रदर्शन गरेका थिए । सोही क्रममा दुई पक्षबीच झडप हुँदा स्थिती तनावग्रस्त बनेको थियो ।
प्रहरी, प्रशासन र युवाबीच बेलुका भएको सहमति पश्चात सडक सञ्चालनमा आएको थियो । तर, आज बिहानैदेखि युवाहरूले पुनः बजारमा प्रदर्शनसँगै टायर बालेर नाराबाजी गरिरहेका छन् ।


+ There are no comments
Add yours