२९ कार्तिक, काठमाडाैँ । फिफा विश्वकप छनोटमा क्रोएसियाले फारो आइसल्याण्डलाई ३-१ गोल अन्तरले पराजित गरेको छ । फारोले खेलमा अप्रत्याशित रूपमा अग्रता लिए पनि क्रोएसियाले उत्कृष्ट पुनरागमन गर्दै जित सुनिश्चित गरेकाे हाे ।
खेलको १६औं मिनेटमै फारो टापुका खेलाडी गेजा डेभिड ट्युरीले गोल गर्दै आफ्नो टोलीलाई १-० को अग्रता दिलाएका थिए। तर, क्रोएसियाले उक्त दबाब धेरै बेर टिक्न दिएन। खेलको २३औं मिनेटमा जोस्को ग्वार्डिओलले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए।
पहिलो हाफ १-१ को बराबरीमा सकिएपछि, दोस्रो हाफमा क्रोएसियाले आफ्नो खेलको स्तर उकास्यो। ५७औं मिनेटमा पेटार मुसाले गोल गर्दै क्रोएसियालाई २-१ को अग्रता दिलाए।
जितको औपचारिकता पूरा गर्ने क्रममा, ७०औं मिनेटमा निकोला भ्लासिचले टोलीका लागि तेस्रो गोल गरे।


+ There are no comments
Add yours