Advertisement

अभिनेत्री अजितालाई धम्की

0 1,743

Advertisement

२४ भदाै, एजेन्सी । तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि विद्रोही समूहको डरले धेरैले देश छोड्न थालेका छन् । अफगानिस्तानमा तालिबानको शासन लागू हुने भएपछि त्यहाँको अवस्था र अफगानी जनताका लागि प्रार्थना गरिरहेका छन् ।

अफगानिस्तानका जनताहरु बेसहारा भएपछि अफगानी मुलकी हलिउड अभिनेत्री अजिता गनीजादाले लगातार निर्दोष जनताहरुका लागि आवाज उठाइरहेकी छन् ।

र, उनले तालिबानका विभिन्न क्रियाकलापहरु पनि बाहिर ल्याउन थालेकी छन् ।

तर, तालिबानका लडाकुहरुलाई अभिनेत्रीले वकालत गरेको मन पराएनन् । उनीहरुले अभिनेत्री अजितालाई धम्की दिन थालेका छन् ।

अभिनेत्री अजिताले सामाजिक सञ्जालमार्फत अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पनि प्रश्न गरेकी थिइन् । उनले अफगानीस्तानका जनताका लागि बाइडेनसँग न्याय समेत मागेकी छन् ।

उनले तालिबानका झुठको पर्दाफास गर्दै आएकी छन् । उनले आफ्ना पूराना फोटो र भिडियो शेयर गर्दै लेखेकी छन्, ‘हरेक मिनेटमा चिज बदलिन्छ । मलाई तालिबानका म्यासेज आइरहेका छन् ।

‘डियर गर्ल चिन्ता नगर्नु, प्रोपोगान्डा फैलाउन बन्द गर ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.