सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

११ साउन, काठमाडौं। साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुन तोलामा १ हजार १०० रुपैयाँ र चाँदी तोलामा ८० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला १ लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला १ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आइतबार चाँदी प्रतितोला २ हजार २६० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला २ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३३६.६६ अमेरिकी डलर र चाँदी ३८.१८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours