टोयोटाको ‘नेपाल मोबिलिटी एक्स्पो’ मा विशेष अफरः बुकिङमा मेगा छुट र जीवनभर पिकअप-ड्रप सेवा

१० साउन, काठमाडाैँ । नेपालमा टोयोटा गाडीको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डीकेटले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ का अवसरमा ‘टोयोटा मेगा अफर’ सार्वजनिक गरेको छ।

भृकुटीमण्डपमा साउन २१ देखि २५ गते (अगस्ट ६ देखि १०) सम्म आयोजना हुने उक्त प्रदर्शनीमा टोयोटाका आकर्षक तीन मोडल – यारिस क्रस हाईब्रिड इलेक्ट्रिक, ल्याण्ड क्रुजर २५० लगायतका सवारी साधनहरू राखिने छन्।

युनाइटेड ट्रेडर्स सिन्डीकेटका अनुसार, एक्स्पो अवधिमा टोयोटाको कुनै पनि सवारी साधन अग्रिम बुक गर्ने ग्राहकले विशेष छुट (मेगा डिस्काउन्ट), प्ल्याटिनम कार्ड, साथै जीवनभर निःशुल्क पिकअप र ड्रप सेवा प्राप्त गर्नेछन्।

साथै, स्टलमा आउने हरेक आगन्तुकले आकर्षक टोयोटा गिफ्ट ह्याम्पर पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार, यी विशेष अफरहरू नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा बुकिङ्ग गर्ने ग्राहकहरूका लागि मात्रै उपलब्ध हुनेछन्।

You May Also Like

More From Author

+ There are no comments

Add yours