Advertisement

निषेधाज्ञा अवधिको मोटर बिमाकाे बिमाशुल्क छुट पाइने

0 687

Advertisement

०३ साउन, काठमाडौं । बिमा समितिले मोटर बीमामा निषेधाज्ञा अवधिभरको बिमाशुल्कमा छुट दिने भएको छ । समितिले शुक्रवार निर्जीवन बीमा कम्पनीहरूलाई एक परिपत्र जारी गर्दै मोटर बिमामा निषेधाज्ञा अवधिभरको बिमाशुल्कमा समानुपातिक रूपमा छुट दिन निर्देशन दिएको छ ।

समितिले सार्वजनिक यात्रुवाहक सवारी साधनका लागि यस्तो निर्णय गरेको हो । बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले निषेधाज्ञा अवधिभरका लागि समितिले सार्वजनिक यात्रुवाहक सवारी साधनका लागि यस्तो निर्णय गरेको बताएका छन् ।

निषेधाज्ञा अवधिमा अधिकांश सवारीसाधन पूर्णरूपमा थन्किएका र केही सवारीसाधन आंशिक रूपमा चलेका छन् । त्यो अवस्थामा सवारीसाधनमा बिमायोग्य जोखिम कम हुने भएकाले समानुपातिक रूपमा बिमाशुल्क छुट दिने व्यवस्था गरिएको हो । तर, दाबी परिसकेको बिमाको हकमा भने छुट नदिइने बिमा समितिको भनाइ छ ।

कोरोना भाइरसको दोस्रो लहर शुरू भएपछि सरकारले गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकासहित अधिकांश जिल्लामा निषेधाज्ञा लगाएको थियो । त्यो मितिदेखि सरकारले निषेधाज्ञा हटाएको मितिसम्मको अवधिका लगि बिमाशुल्क छुट दिनुपर्ने समितिको भनाइ छ । समितिले कोरोनाको पहिलो लहर नियन्त्रण गर्न लगाइएको बन्दाबन्दीमा पनि मोटर बिमामा बिमाशुल्क छुट दिएको थियो ।

बीमाशुल्क गणना गर्दा तेस्रो पक्ष, यात्रु र कर्मचारी बीमालगायत जोखिमको समेत हिसाब गर्नुपर्ने समितिको भनाइ छ । अत्यावश्यक सेवाका सवारीसाधनको हकमा भने सरकारले सूचना जारी गरी सञ्चालन गर्न दिएको अनुमतिको अवधिको आधारमा थन्किएको अवधि गणना गरिनेछ । सोही आधारमा नै सम्बद्ध सवारीधनीले बिमाशुल्कमा छुट पाउने समितिको भनाइ छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.