अध्यागमनमा तस्करको सेटिङ : साउदी र दुबई उड्न ५० हजार, यूरोप छिर्न ३ लाख !

भट्टराईलाई संलग्नता देखिएपछि पक्राउ गरिएको छ।
उनको मोबाइल जफत गरिएको छ।
अनुसन्धानले साउदी, यूएई, कुवेत जाने महिलालाई ‘एल’ र पुरुषलाई ‘एस’ कोड दिएर जाँच गराउने खुलेको छ।

०७ जेठ, काठमाडौं । त्रिभुवन अन्तर्राष्टिय अन्तर्राष्ट्रिय विमानस्थलमार्फत सेटिङमा भिजिट भिसामा व्यक्तिहरूलाई विदेश पठाइने गरेको खुलेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनका क्रममा विमानस्थलमा रहेको अध्यागमन कार्यालयकै अधिकारीहरूको संलग्नतामा फर्जी कागजातका आधारमा नेपाली नागरिकलाई विदेश पठाइने अनुसन्धानका क्रममा खुलेको हो ।

विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईकै संलग्नता देखिएपछि आयोगले उनलाई पक्राउ गरेको छ । हाल आयोगको टंगालस्थित कार्यालयको नियन्त्रणमा राखिएका उनको मोबाइल समेत जफत गरिएको छ । मोबाइलमार्फत् उनको मानव तस्कर गिरोहसँग संलग्नताबारे थप प्रमाणहरू खुल्ने अनुसन्धानमा संलग्न अधिकृतहरूले बताएका छन् ।

अख्तियारले खोज्दैछ सहसचिव भट्टराईको मोबाइलमा प्रमाण
अनुसन्धानमा एक अधिकारीका अनुसार, पछिल्लो समय यूएई, साउदी अरब भिजिट भिसामा पठाउन ५० देखि ७५ हजार रुपैयाँ प्रतिव्यक्तिसम्म संकलन गर्ने गरिएको थियो भने यूरोप जानलाई ३ देखि ४ लाख रुपैयाँसम्म लिने गरिएको थियो ।

स्रोतका अनुसार, प्रारम्भिक अनुसन्धानमा साउदी, यूएई र कुवेत जाने महिलालाई ‘एल’ र पुरुषलाई ‘एस’ कोड दिएर अध्यागन जाँच पार गराउने गरिएको थियो । विमानस्थल अध्यागमनमा २४ घन्टा ड्यूटी हुने भएकाले तीन समूहमा कर्मचारी खटाउने गरिन्छ । त्यसमा हरेक समूहका प्रमुखसँग समेत मिलेमतो हुने आशंका गरिएको छ ।

यसअघि उपत्यका अपराध अनुसन्धान कार्यालयले समेत फर्जी कागजातका आधारमा लेनदेनमा भिजिट भिसामा विदेश पठाएको आरोपमा कार्यालयका अधिकृतहरूलाई पक्राउ गरेको थियो । त्यसबेला नरविर खड्कालाई प्रहरीले विमानस्थलबाहिर होटल बाल्टिकबाट नगदसहित पक्राउ गरेको थियो । त्यसक्रममा ६६ जना युवाको सूची समेत फेला परेको थियो ।

अनुसन्धानमा एक अधिकारीका अनुसार, पछिल्लो समय यूएई, साउदी अरब भिजिट भिसामा पठाउन ५० देखि ७५ हजार रुपैयाँ प्रतिव्यक्तिसम्म संकलन गर्ने गरिएको थियो भने यूरोप जानलाई ३ देखि ४ लाख रुपैयाँसम्म लिने गरिएको थियो ।

कार्यालयका एक अधिकृत यसरी संकलन हुने रकम अध्यागमनका अन्य तहका कर्मचारीसम्म पनि पुग्ने दाबी गर्छन् । ‘लेनदेन बाहिरै हुने हो, त्यहाँ मोबाइलमा आएको विवरणका आधारमा मानिसहरूलाई कटाउने हो’, ती अधिकृतले भने ।

आयोगले पक्राउ गरेका भट्टराई विवादित छविका अधिकारी हुन् । उनी पहिले काठमाडौंमा स्थानीय विकास अधिकारी हुँदा २०७२ सालमा ‘त्रिपाल काण्ड’मा मुछिएका थिए । पछि सफाइ पाउँदा उनले शक्ति केन्द्रसँग निकटताका आधारमा आकर्षक पोस्टिङ पाउँदै आएका थिए ।

उनी राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागमा पनि प्रमुख भएका थिए । उनीमाथि छानबिन भइरहेको थाहा पाएपछि मंगलबार बेलुकी मात्र उनी जिम्मेवारीबाट हटाइएका थिए ।

तर, विमानस्थल अध्यागमनका एक अधिकारी भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको थाहा पाएपछि भट्टराई आफैंंले सरुवा मागेको जिकिर गर्छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours