सिद्घार्थ बैंकका ग्राहकहरुलाई होलिडे इन् रिसर्टमा १५% सम्मको छुट

०४ जेठ, काठमाडौँ । सिद्धार्थ बैंक र होलिडे इन् रिसर्ट बुढानिलकण्ठबीच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले बुढानिलकण्ठस्थित होलिडे इन् रिसर्ट काठमाडौँमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा फुड र सफ्ट बेभरेजमा १५% सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours