सगरमाथाको चौथो शिविरमा फिलिपिनी आरोहीको मृत्यु

०१ जेठ, काठमाडौं । सगरमाथा आधार शिविरमा फिलिपिनी आरोहीको मृत्यु भएको छ ।

पर्यटन विभागका अनुसार स्नो होराइजन ट्रेक्स एन्ड एक्सपिडिसनबाट परमिट लिएर आरोहणमा गएका फिलिप द्वितीय स्यान्टिएगोको बुधबार राति ७/८ बजेको बीचमा मृत्यु भएको कम्पनीले जानकारी गराएको छ ।

उनी सकुशल चौथो शिविर पुगेका थिए । आराम गरेर बसेको अवस्थामा उनको मृत्यु भएको जानकारी आरोहण दलका सदस्यले आज जानकारी गराएका थिए । मृत शरीर आवश्यक प्रक्रिया पूरा गरी आधार शिविरमा ल्याउने काम भइरहेको समेत विभागले जनाएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours