एनएमबि बैंकको संस्थापक शेयर बिक्रीमा, कसले दिन पाउँछन् आवेदन ?

३१ वैशाख, काठमाडौँ । एनएमबि बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख २२ हजार १२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

बैंकले यस अघि राष्ट्र बैंकको निर्देशिका अनुसार उक्त सेयर संस्थापक सेयर धनीहरुलाई बिक्रीमा ल्याएको थियो । तर संस्थापक सेयर धनीहरुबाट आवेदन नपरेकोले बैंकले उक्त सेयर सर्वसाधारणमा ल्याएको हो ।

बैंकको संस्थापक सेयरमा अन्य व्यक्ति तथा संस्थाले १५ दिनभित्र आवश्यक कागजात सहित कम्पनी सचिवको कार्यालय, बबरमहल, काठमाडौँमा आवेदन दिन सक्नेछन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours