गृहमन्त्रीसँग ४ करोड ३१ लाखभन्दा बढीको शेयर लगानी, कहाँ कति ?

३० चैत, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफ्नो शेयर बजारमा रहेको लगानी विवरण सार्वजनिक गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार उहाँको कुल ४ करोड ३१ लाख ५६ हजार २ सय रुपैयाँ बराबरको शेयर लगानी रहेको उल्लेख गरिएको छ।

सार्वजनिक विवरणअनुसार होप होल्डिङ्स प्रालिमा उहाँको ३० हजार थान साधारण शेयर रहेको छ, जसको मूल्य करिब ३० लाख रुपैयाँ तोकिएको छ।

त्यस्तै, लगुम प्रिमियम अपार्टमेन्ट्स प्रालिमा उहाँको ५ हजार ७ सय थान साधारण शेयर रहेको उल्लेख गरिएको छ, जसको मूल्य ५७ लाख रुपैयाँ रहेको जनाइएको छ।

यसैगरी, एड्भेन्चर भिल्ला प्रालिमा उहाँको ७० हजार थान शेयर रहेको छ, जसको कुल मूल्य करिब ७० लाख रुपैयाँ हुने उल्लेख गरिएको छ।

गृहमन्त्री गुरुङले सबैभन्दा ठूलो लगानी भने धितोपत्र बजारमा कारोबार हुने शेयरहरूमा गर्नुभएको देखिएको छ। उक्त शीर्षकअन्तर्गत २ करोड ७४ लाख ५६ हजार २ सय रुपैयाँ बराबरको लगानी रहेको उहाँले उल्लेख गर्नुभएको छ

उहाँले आफ्नो सम्पत्ति विवरणमा यी लगानीहरू व्यावसायिक तथा पैतृक स्रोतबाट प्राप्त भएको खुलाउनुभएको छ।

प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएसँगै गृहमन्त्री गुरुङको शेयर लगानीबारे पनि सार्वजनिक चासो बढेको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours