सीता जयन्तीको धार्मिक महत्व यस्तो रहेको छ !

२२ बैशाख, काठमाडाै । मिति २०८२ साल बैशाख २३ गते मंगलबार बैशाखशुक्ल नवमी तिथी मध्याह्न : १२ / २७ बजेसम्म त्यस उप्रान्त दशमी तिथी आरम्भ मघा नक्षत्र काल योग परेको छ।यो दिन सीता जयन्ति भएकोले आदर्श नारी सीताको जन्म तथा अन्त्य दुवै रोचक, मार्मिक तथा अर्थपूर्ण हुनाका साथै रहस्यमयी छन्।साँच्चै भन्ने हो भने सीताका आमा, बाबु दुवै अज्ञात छन्।हुन त सीता नामले उनका बारेमा जान्न चाहनेलाई केही रहस्य उद्घाटन भने गरेकै छ।विभिन्न शब्दकोश पल्टाउँदा सीता शब्दको अर्थ जोत्दा जमीनमा परेको हलोको डोब, जोतिएको जमीन, हलाको फालीबाट धर्तीमा निर्मित रेखा रहेका छन्।सीताको जन्म सन्दर्भमा यस्तै कथा पनि छ।यज्ञभूमि तयार पार्न राजषीॅ जनकले हलो चलाउँदा त्यही भूमिबाट सीता प्रकट भएको कथा पाइन्छ।सीता मिथिलाको राजा जनकको सबैभन्दा जेठी छोरी थिईन।उनको विवाह अयोध्याका राजा दशरथको ज्येष्ठ सुपुत्र राम सित स्वयंवरमा शिवको धनुष भंग गरे पछि भयो।भगवान् मर्यादा पुरूषोत्तम रामकी पत्नी, धर्मानुरागी, आदर्शराजा दशरथकी बुहारी र राजषिॅ जनककी छोरी सीता नेपाल भूमिकी गरिमामयी पुत्री हुन्।आदर्शपत्नी, आदर्शमाता, आदर्श भाउजू, आदर्श बुहारी, आदर्श महारानी र समग्रमा भन्नु पर्दा आदर्श नारीका रूपमा बहुचर्चित सीता नेपाल पुत्री भएकीले उनलाई यहाँ राष्ट्रिय विभूति मानिएको छ।प्रथम नेपाली महिलाका सन्दर्भमा हेर्दा उनी नेपालकी पौराणिक प्रथम नेपाली महिला विभूति हुन्।उनको आदर्श, सच्चरित्रता, सतीत्व, नारीत्व, मातृत्वासल्य, करूणामयी व्यक्तित्वका कारण संसारभरि उनी जगज्जननीका रूपमा पूजित छिन्।सीताको जन्म सम्बन्धमा पुराणहरूमा एकरूपता पाइँदैन।वाल्मीकिरामायण, आनन्दरामायण, अद्भूतरामायण, अध्यात्मरामायण, कम्बरामायण -तमिलरामायण), देवी भागवत आदि पुराणमा फरक कथा छन्।देवी भागवतका अनुसार लङ्काधिपति रावणले आफ्नो पहिलो सन्तान (कन्या)लाई सनुस बन्द गरेर धर्तीमा गाडिदिएको थियो र त्यो थलो जनकपुर थियो।मय राक्षसकी छोरी मन्दोदरीसँग बिहे गर्ने बेलामा रावणले पहिलो सन्तानका कारण वंशै समाप्त हुने सुनेकाले जन्मिनासाथ कन्यालाई गाडेको हो।अद्भूतरामायण अनुसार त्यतिखेर रावणको अत्याचार ज्यादै बढेको थियो।ऋषि, तपस्वीलाई उसले निकै कष्ट दिन्थ्यो।तपस्यारत ऋषि, तपस्वीका शरीरमा बाणले घोच्दै रगत झिकेर घैँटामा भर्थ्यो।गृत्समद ऋषि पनि त्यहीँ तपस्या गरिरहेका थिए।उनी सदा कुशको अग्रभागबाट निस्किएको दूध घैँटामा जम्मा गर्थे।रावणले यस कुराको चाल पाई त्यो घैँटो चोरी दूध जति आफ्नो घैँटामा भरेको थियो।रावणबाट वाक्किएकी मन्दोदरीले आत्महत्याको उद्देश्यले त्यही रगत मिसिएको दूध खाइदिइन्।मन्दोदरी त मरिनन् तर त्यसबाट उनमा गर्भ रहन गयो।यस गर्भलाई उनले जमीन मुनि गाडिदिएकी थिइन्।राजा जनकले हलो चलाउँदा सीता फेला पारेका हुन।आनन्द रामायण अनुसार मिथिला भूमिमा एक ब्राहृमणले सनुस फेला पारी राजा जनकलाई जिम्मा दिएका थिए।त्यसभित्र कन्या भएकीले राजा जनकबाट उनको पालनपोषण भएको हो।मिथिला भूमिमा सनुस गाड्ने काम चाहिँ रावणले गरेको थियो।गाड्दाखेरि सीताले रावणलाई श्राप दिँदै भनेकी थिइन्-‘म फेरि लङ्का आई तँ र तेरो वंशलाई सखाप पार्नेछु।’ आनन्दरामायण कै अनुसार भगवान् विष्णुले दिनुभएको महालिङ्गबाट निस्किएकी ‘पद्मा’ राजा पद्माक्षरकी छोरी हुन्।पद्माको बिहेका लागि आयोजित स्वयम्बर समारोहमा दैत्यले तँछाड मँछाड गर्दै कोलाहल मच्चाएकाले उनी आगोमा विलीन भइन्।

केही कालपछि उनी अग्निकुण्डबाट निस्कँदा रावणको कुदृष्टि परेको र उसले पछ्याउँदै आएकाले उनी फेरि आगामै हराएकी थिइन्। रावणले अग्निकुण्ड समेत भत्काउन लगायो र त्यहाँ पञ्चरत्न हात पार्‍यो।सन्दुकमा राखिएको पञ्चरत्नमा मन्दोदरीले कन्याका रूपमा पद्मालाई देखिन्।यो थाहा पाएपछि रावणले सन्दुक बन्द गरेर जमीनमा गाडिदियो र त्यही गाड्ने बेलामा पद्मा (सीता)ले श्राप दिएकी हुन्।कम्बरामायण अनुसार शीरध्वज (जनक)का भाइ कुशध्वजकी छोरी वेदवती रावणका कारण आगामा होमिई खरानी भएकी थिइन् र त्यही खरानीबाट वेदवतीले सीताको अवतार लिएकी हुन्। यो कथा अनुसार सीता कुशध्वज र मालावतीकी छोरी प्रतीत हुन्छिन्।अन्य किम्बदन्ति का आधारमा सीतालाई मिथिलाका राजा जनककी छोरी भनिएता पनि रामायणका अनुशार सीताको जन्म रावणकी धर्म पत्नी मन्दोधरीको गर्भबाट भएको हो।त्रेतायुगमा लंकाका तत्कालीन राजा रावणले आफ्नो ताकतको घमण्डमा पृथ्वी भरी उत्पात मचाएको थियो। रावणले प्रत्येक दिन जनताहरूबाट कर असुलेर एक सेर सुन ल्याउने गर्थ्यो। यसरी बेथिती गरेका कारण सौनकादी ८८ हजार ऋषिहरूले रावणको वंश नास गर्ना निमित्त सबैले आफ्नो-आफ्नो रगत अली- अली निकालेर एक पञ्चरंगी डिब्बामा एक सेरको तौल बराबर बनाएर राखे।केही दिन पछि रावण कर असुली गर्न ऋषिहरू भए ठाउँ गयो। ऋषीहरूले रगतको डिब्बा रावणलाई दिएर भने “महाराज हामीले यो डिब्बामा एक सेर सुन जम्मा गरेका छौँ।यो लिएर जानुस्।” यो सुनेर रावणले त्यो डिब्बा तराजुमा राखेर तौल गर्दा एक सेर पुरा भएकाले न खोलेरै आफ्नो घर ल्याएर आयो।रावणले सँधैको जस्तै त्यो डिब्बा आफ्नी धर्म पत्नी मन्दोधरीलाई राख्न दियो।मन्दोधरीले आज पञ्चरंगी डिब्बामा के रहेछ भन्ने बिचारले खोलेर हेर्दा रगत देखियो। मन्दोधरीले रगत रावणकी कोही अरु रानी अथवा कोही पर स्त्रीको भएको ठानेर रिसले त्यो रगत पिईन्।केही दिन पछि मन्दोधरीलाई गर्भ रह्यो।मन्दोधरीको पेटमा धेरै पिडा भएका कारण रावणले ज्योतिषहरूलाई बोलाएर लक्षण हेर्न लगायो ज्योतिषहरूले मन्दोधरीको गर्भबाट रावणकुलको नास गर्ने एक पुत्रीको जन्म हुने संकेत दिए।यो सुनेर रावणले मन्दोधरीको गर्भ पतन गराएर एक घडामा राखि आफ्नो पुष्पक विमानमा बसेर घडा छोड्ने उचित ठाउँ हेर्न लाग्यो।यसरी हेर्दा उसले जनकपुरमा राम्रो तलाउ देख्यो तलाउ गहिरो भएका कारण शिसु बाँच्ने सम्भावना कम भएको विश्वासले घडा तलाउमा छोड्यो। केही दिन पछि जनकपुरमा ठूलो खडेरीका कारण तलाउको पानी सुकेर गयो।यो खडेरीको निवारणार्थ राजा जनकले अश्वमेध यज्ञ निमित्त त्यही तलाउको ठाउँमा हलो जोत्द

You May Also Like

More From Author

+ There are no comments

Add yours