आईएमई लाइफका बीमित, अभिकर्ता तथा कर्मचारीलाई लुम्बिनी केवल कारमा छुट

१७ वैशाख, काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई लुम्बिनी केवलकारको टिकट खरिदमा २० प्रतिशत छुट प्राप्त हुने भएको छ । आईएमई लाइफ र लुम्बिनी केवलकार प्रा.ली. बिच सम्पन्न सम्झौताबाट सुविधा आदान प्रदान गर्ने समझदारि भएको हो ।

छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एप (आइएमई लाइफ मोबाइल एप) मा रहेको बीमालेख देखाइ छुट सुविधा लिन सक्नेछन् भने, अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरि छुट सुविधा लिन सक्नेछन् ।

यो सहकार्यले सहकार्यले एकतर्फ कम्पनीको व्यावसायिक सम्बन्ध प्रभावकारिता ल्याउन सहयोग गर्नुका साथै अर्कातर्फ कम्पनीका बीमित अभिकर्ता तथा कर्मचारीहरूलाई निरन्तर लाभ र सकारात्मक ऊर्जा प्रदान गर्नेछ ।

साथै छुट सुविधा लिनका लागि लुम्बिनी केवलकारको टिकट काउन्टरमा गई टिकट खरिद गर्नुपर्नेछ । भविष्यमा सुविधालाई प्रभावकारी बनाउन प्रिभिलेज कार्ड जारी गरी सेवालाई सहज र स्तरीय बनाउँदै लैजाने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours