सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घट्यो

१२ वैशाख, काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य १ हजार रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला सुन १ लाख ८९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार प्रतितोला सुन १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि सामान्य घटेको छ । शुक्रबार प्रतितोला चाँदी १० रुपैयाँले घटेर २ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार प्रतितोला चाँदी २ हजार १० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३२१.७८ अमेरिकी डलर र चाँदी ३३.४२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours