बूढानीलकण्ठमा २६ लाख बढीको चोरी

०३ वैशाख, काठमाडौं । बूढानीलकण्ठ नगरपालिका-२ माथिल्लो भंगाल लामिछाने टोलमा २६ लाख रुपैयाँभन्दा बढीको चोरी भएको छ ।

लामिछाने टोल बस्ने भरत राज श्रेष्ठको घरबाट नगद ७० हजार रूपैयाँ र करिब साढे १४ तोला बराबरको सुनका विभिन्न गरगहना समेत गरी करिब २६ लाख ७० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

घरमा कोही नभएको मौका पारेर मंगलबार साँझ चोरी भएको प्रहरीले जनाएको छ । चोरीमा संलग्नहरु अहिलेसम्म पक्राउ परेका छैनन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours