Advertisement

त्रिभुवन विश्वविद्यालयले रोकिएका सबै परीक्षा साउनमै सक्ने

0 1,479

Advertisement

०८ असार, काठमाडौँ । कोभिड १९ को दोस्रो लहर बढेसँगै त्रिभुवन विश्वविद्यालयको परीक्षाहरु स्थगित भएका थिए । निषेधाज्ञा सहज हुने वित्तिकै त्रिविले रोकिएका परीक्षा साउनभित्रै सकाउन तयारी थालेको छ । यसका लागि दुई दिनभित्र सूचना जारी गर्न लागेका परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले सुरुमा परीक्षा चल्दाचल्दै रोक्नुपरेका परीक्षा सञ्चालन हुनेछन् । त्यसको लगत्तै स्नातक प्रथम वर्षको परीक्षा हुने र यसका लागि दुई दिनभित्र सूचना जारी गर्न लागेको उनले जानकारी दिए ।

यस्तै, स्नाकोत्तर, वैशाखमै तालिका सार्वजनिक गरेको एलएलबी र नियमित तर्फको स्नातकको चौथो र पाँचौ वर्षको परीक्षा दशैँ अघि नै सकाउने कार्यालय जनाएको छ । यसका लागि अनलाइनबाटै फाराम भर्न मिल्ने व्यवस्था गरिएको छ भने विकसित घटनाक्रमलाई हेरेर विद्यार्थीले केन्द्र छान्न पाउने भएका छन् । हाल मुलुकमा कोरोनाको साथमा बाढी र पहिरो पनि आइरहेकोले समस्यामा परेका विद्यार्थीका लागि परीक्षा दिन मिल्ने वातावरण बनाइदिने नियन्त्रक जोशी बताउँछन् ।

स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा गराउन परीक्षा केन्द्र थप गरिने भएको छ भने प्रश्न पत्र कसरी पठाउने भन्नेबारे छलफल चलिरहको उनले जानकारी दिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.