Advertisement

एनआईसी एशिया बैंकको ३० लाख कित्ता ऋणपत्र विक्री खुल्ला

0 362

Advertisement

०६ असार, काठमाडौं । एनआईसी एशिया बैंकले आज (असार ६ ) गतेदेखि रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र विक्री गर्ने भएको छ ।

कार्यालय समयपश्चात बैंकले १० वर्षे अवधि तथा वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरको उक्त ऋणपत्र मध्य १२ लाख कित्ता सर्वसाधारणमा र १८ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई विक्री खुला गर्ने भएको हो ।

सर्वसाधारणका लागि छुट्याएको मध्य ५ प्रतिशत दरको ६० हजार कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरिएको छ ।

प्रतिऋणपत्र रू. १ हजार दरको यो ऋणपत्र छिटोमा असार ९ गते र ढिलोमा असार २० गतेसम्म विक्रीमा रहनेछ । यो ऋणपत्र खरिदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम १५ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । यो ऋणपत्र विक्री प्रबन्धकमा सनराईज क्यापिटल लिमिटेड रहेको छ ।

विक्री प्रबन्धसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थार तीनका शाखा कार्यालयसँगै मेरो शेयर मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । यस बैंकलाई ऋणपत्र निष्कासन गर्न बोर्डले जेठ २० गते अनुमति दिएको हो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.