टेस्ला प्लेइड प्लस रद्द भएको मस्कको भनाइ, ट्वीटमार्फत् दिएक जानकारी
२४ जेष्ठ, एजेन्सी । टेस्ला प्लेइड प्लस रद्द भएको मस्कको भनाइ, ट्वीटमार्फत् दिएक जानकारी । टेस्लाका सीईओ एलन मस्कले आइतबार ट्वीट गर्दै टेस्लाको प्लेइड मोडल नै राम्रो रहेकाले कम्पनीले ल्याउने भनेको प्लेइड प्लस रद्द भएको जानकारी दिएका छन्।
कम्पनीले सन् २०१९ देखि मोडल एस प्लेइडको झलक र सम्भावना देखाउँदै आइरहेको छ। गत महिना डेलिभरी दिइने भनेको यो मोडल मस्कले केही प्राविधिक काम बाँकी रहेकाले जुन १० बाट मात्र डेलिभरी शुरु हुने बताएका थिए। उनका अनुसार यसले २०० माइल प्रतिघण्टासम्म कुद्ने र एक पटकको चार्जमा ३९० देखि ४१२ माइल यात्रा गर्नसक्ने दावी गरेका थिए।
यसबाहेक उनले आइतबार नै प्लेइडले २ सेकेन्डभित्रै शून्यदेखि ६० माइल प्रति घण्टाको रफ्तार समाउन सक्ने बताएका थिए।